८० प्रतिशत विद्यालयमा पुगे पाठ्यपुस्तक | Khabarhub Khabarhub

८० प्रतिशत विद्यालयमा पुगे पाठ्यपुस्तक


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए । 

उनले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिए। अनुसार आजदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उनले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताए।

स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उनको भनाइ छ । उनले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताए । दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौं उपत्यकामा सुरु गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : ०२ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी