गायिका खुसीको पहिलो गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक « Khabarhub

गायिका खुसीको पहिलो गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका खुसी थुलुङ्ग राईको पहिलो गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक भएको छ । सोमबार दरबारमार्गमा एक कार्यक्रमको आयोजना गरी उनले गीतिसङ्ग्रहसँगै म्युजिक भिडियो  ‘प्रेमको अर्थ’ औपचारिक रूपमा सार्वजनिक गरेकी हुन् ।

गीतिसङ्ग्रह पूर्वपर्यटनमन्त्री सुदन किराँतीले औपचारिक रूपमा सार्वजनिक गरेको हुन् । उनले सार्वजनिक गीतिसङ्ग्रहलाई सफलताको शुभकामना दिँदै गायिका खुसीको कामको प्रशंसा गरे ।

उनले भने, ‘म गीतसङ्गीत धेरै बुझ्दिनँ तर राम्रो आवाज भएका, कला भएका सर्जकलाई प्रोत्साहन गर्न उपस्थित हुन्छु । खुसी बहिनीले गीतसङगीतलाई निरन्तरता दिएर अगाडि बढ्नु पर्छ, निकै सुमधुर स्वर रहेको छ ।’

गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले थप कामका लागि हौसला मिलेको बताइन् । कृतज्ञता  व्यक्त गर्दै उनले भनिन्,  ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु । गीतसङ्गीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिएको छ ।’

 

उनले सङ्ग्रहमा आठ गीत सङ्ग्रहित भएता पनि पहिलो गीत ‘प्रेमको अर्थ’ मात्र सार्वजनिक गरेकी छिन् । उक्त गीतमा क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको सङगीत रहेको छ । गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : १९ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२