आजका समाचार : शीर्ष नेताहरूको बैठकदेखि कोशीमा माओवादी बाहिरियोसम्म | Khabarhub Khabarhub

आजका समाचार : शीर्ष नेताहरूको बैठकदेखि कोशीमा माओवादी बाहिरियोसम्म


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सभामुखले छलफलका लागि बोलाएको बैठक निष्कर्षविहीन
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डसहित छलफलका लागि बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडान कायमै राखेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।


प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा निरन्तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समिति गठनको माग राख्दै चैत २७ देखि संसद् नै अवरुद्ध गर्ने चेतावनी दिएको छ।

सभामुख र शीर्ष नेताहरुबीच छलफल सुरु

कांग्रेसलाई परियारको प्रश्न : भावनामा जोडेर कसैलाई कारबाही गर्न मिल्छ?

सभामुखले प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

सहकारी प्रकरणमा समिति गठनको अडानबाट कांग्रेस पछि नहट्ने

कोशी सरकारबाट माओवादी बाहिरियो
नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ ।

केदार कार्की नेतृत्वको कोशी सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।


माओवादी संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै आज नै विशेष अधिवेशन पनि आव्हान गर्ने बताइएको छ । सरकारबाट माओवादी बाहिरिएसँगै एमालेले पनि समर्थन फिर्ता लिएर आज नै वैकल्पिक सरकारको दाबी प्रदेश प्रमुख समक्ष गर्ने बुझिएको छ ।

कोशीमा वैकल्पिक सरकार गठनको दावी पेश

कोशीमा माओवादीका मन्त्रीहरूले बुझाए राजीनामा

कोशीमा कार्कीले बोलाए डेढ महिनापछि संसद् अधिवेशन

प्रदेशको सरकार बनाउन गाह्रो छ, अहिले कोशीबाट समर्थन फिर्ता हुँदैन : राजेन्द्र राई

नाउपा सुदूरपश्चिम सांसद् इन्दिरा गिरी पदमुक्त

आगामी बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्न पहल गर्नेछु : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा बजेटको क्षेत्रीय सन्तुलन कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आयोजना गरेको कार्यक्रममा उनले यसअघि सुदूरपश्चिममा सधैँ कम बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै आगामी बजेटमा त्यस्तो हुन नदिनका लागि आफ्नोतर्फबाट पहल गर्ने बताएका हुन् ।

उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित

निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको हो : मन्त्री भण्डारी

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार

नेशनल मेडिकल कलेजमा प्रहरीको छापा,एमडीसहित दुई जना पक्राउ

सशस्त्र प्रहरीको साताव्यापी पैदल गस्ती सुरु

निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमा राख्ने सरकारको नीति छ : अर्थमन्त्री

टुँडिखेलमा मनाइयो घोडेजात्रा
राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित ‘घोडेजात्रा समारोह, २०८०’ मा सरिक भएका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे सहभागी थिए । सो अवसरमा सेनाले अश्वकलासम्बन्धी प्रतिस्पर्धा तथा प्रदर्शनी गरेको थियो । घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत विधामा प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै, सैनिक कुकुरको कौशल पनि प्रस्तुत गरिएको थियो ।

ललितपुरमा एक्लो घोडा दौडाएर मनाइयो घोडे जात्रा

सशस्त्र प्रहरीको साताव्यापी पैदल गस्ती सुरु

हिमाल चढ्न आरोहीहरू लागे गन्तव्यतर्फ

नेपाल नेत्रज्योति संघको अध्यक्षमा पुनः प्रा. डा.पन्त

उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु
मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ ।

रेडियोका अनुसार दुर्घटनामा ९१ जनाको मृत्यु भएको, ३० जना बेपत्ता रहेका र पाँच जनालाई जीवितै उद्धार गरिएको छ । दुर्घटनामा बालबालिका र महिलासमेतको मृत्यु भएको बताइएको छ ।


मोसुरिल जिल्लाबाट उडेको जहाजले १३० यात्रु बोकेको नाम्पुला प्रान्तका एक मन्त्री जैमे नेटोले जानकारी गराए।

नेटोले आरएमलाई हैजाको प्रकोपको बारेमा गलत सूचनाका कारण आतङ्कित यात्रुहरूले आफ्नो मूल बाटो छोडेर उक्त डुङ्गामा चढेका र दुर्घटनामा परेका बताए ।

दक्षिण गाजाको खान युनिस सहरबाट पछि हट्यो इजरायली सेना

दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

दक्षिण कोरियाको बेरोजगारी दर ९.१ प्रतिशतले घट्यो

आप्रवासनसम्बन्धी नयाँ नियमका लागि इयूले बुधबार मतदान गर्ने

वित्तीय नीति अपनाउन पाकिस्तानसँग विश्व बैंकको आग्रह

इजराइलमाथि सिरियामा वाणिज्य दूतावासमा हमला गरेको आरोप

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ८ : ०३ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति