इजराइलमाथि सिरियामा वाणिज्य दूतावासमा हमला गरेको आरोप « Khabarhub

इजराइलमाथि सिरियामा वाणिज्य दूतावासमा हमला गरेको आरोप


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

दमास्कस– क्षेत्रीय तनाव बढ्ने गरी इजराइलमाथि दोष लगाइएको घातक हमलाले तेहरानको दमास्कसस्थित वाणिज्य दूतावासलाई ध्वस्त पारेको एक सातापछि इरानका विदेशमन्त्रीले सोमबार सिरियाली राजधानीको भ्रमण गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

दमास्कसको प्रमुख सहयोगी तेहरानले गत सोमबार इरानी दूतावासको कन्सुलर खण्डमा भएको हवाई हमलाको बदला लिने वाचा गरेको छ । उक्त हमलामा दुई जनरलसहित सात इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) का सदस्य मारिएका थिए । 

उक्त हमला इजराइल र हमासबीच जारी युद्धको पृष्ठभूमिमा भएको थियो । अक्टोबर ७ मा इजराइलमाथि हमासबाट सुरु भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको ज्यान गएको थियो । दमास्कस र तेहरानले हमलाका लागि इजराइललाई दोष दिएका छन् तर इजराइलले यसबारेमा कुनै टिप्पणी गरेको छैन । 

इरानी विदेशमन्त्री होसेन अहिर–अब्दुल्लाहियानले एक दिनअघि लामो समयदेखि तेहरान र पश्चिमबीच मध्यस्थकर्ता रहेको ओमानको क्षेत्रीय भ्रमण सुरु गरे। ओमान भ्रमणका क्रममा मस्कटका विदेशमन्त्रीले तनाव कम गर्न आह्वान गरेका छन् । 

भ्रमणका क्रममा अमिर–अब्दुल्लाहियानले सिरियाका राष्ट्रपति बशर अल–असद र विदेशमन्त्री फैसल मेकदादसँग भेट गर्ने तयारी गरेका छन् । सिरियाको सूचना मन्त्रालयले भने विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले नयाँ इरानी कन्सुलर खण्डको उद्घाटन गर्ने बताइएको छ । 

सिरियाको सरकार समर्थक अखबार अल–वतनले अधिकारीहरूको छलफल ‘मुख्यरूपमा गत साताको हमलाको नतिजामाथि केन्द्रित’ हुने बताएको छ । 

इरानका सर्वोच्च नेताका एक सल्लाहकारले आइतबार सिरियामा हमलापछि अब इजराइली दूतावासहरू ‘सुरक्षित नभएको’ चेतावनी दिएका छन् । विश्लेषकहरूले यसलाई गाजा क्षेत्रमा इजराइल–हमास युद्धभन्दा पर व्यापक युद्ध सुरु गर्ने जोखिम उठाउने इरान र उसका क्षेत्रीय प्रतिनिधिहरूविरुद्धको अभियानको वृद्धिका रूपमा हेरेका छन् ।  

बेलायतस्थित युद्ध निगरानीकर्ता सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सोमबारको हमलामा १६ जना मारिएका थिए । मारिनेमा आठ इरानी, पाँच सिरियाली, लेबनानको हिजबुल्लाह समूहका एक सदस्य र दुई सर्वसाधारण रहेका थिए । 

मृतकहरूमा जनरल मोहम्मद रजा जाहेदी र मोहम्मद हादी हाजी रहिमी पनि थिए । उनीहरू आइआरजिसीको विदेशी अपरेसन शाखा कुद्स फोर्सका वरिष्ठ कमान्डर थिए । 

इजराइलले १३ वर्षअघि गृहयुद्ध सुरु भएयता सिरियामा सयौँ हवाई हमला गरेको छ । हमलामा इजराइलले हिजबुल्लाहसहित इरान समर्थित बलहरूका साथै सिरियाली सेनाका स्थान र हतियार भण्डारलाई निशाना बनाएको छ । 

तेहरानले हमासलाई समर्थन गर्दछ तर उसले हमलामा कुनै पनि प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ । हमासको हमलापछि गाजा क्षेत्रमा ठूलो मात्रामा इजरायली जबाफी कारवाही भएको छ । 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ६ : ५२ बजे

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम