आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार सन् २०२४ मे ८ तारिख। वैशाख कृष्ण पक्षको मातातीर्थ स्नान, आमाको मुख हेर्ने दिन। रेडक्रस र कानुन दिवससमेत परेका छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दैनिकी राम्रो छ। गुरुसँगको भेटले मन शान्त हुनेछ। आमाको सेवा गरेमा ठूलो उपलब्धि हात लाग्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। समाजमा मान र सम्मानको योग रहेको छ।

वृष : तपाईंले बनाएका योजना पूरा हुनेछन्। आमाको दर्शन मात्र गरेमा मनोकामना पूरा हुनेछ। माता नहुनेले शक्तिपिठमा पुगेर देवीको दर्शन गरेमा सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीले मन तान्ने देखिन्छ।

मिथुन : तपाईंको जीवनमा आजको दिन दुलर्भ योगसहित आएको छ। जन्मकुण्डली अनुसार ११ औं स्थानमा चार वटा ग्रह अनुकुल रहेका छन्। सुन्दरताप्रतिको आकर्षण र मांसहारी खानपानबाट मुक्त हुनुपर्ने दिन छ। सामाजिक क्षेत्रमा भने विवाद हुने जोखिम रहेको छ।

कर्कट : अढैया भोगाइमा रहे पनि शनिदेव आफ्नो घरमा शान्त छन्। माताको पूजा गर्नु नै ठुलो मान्नुपर्नेछ। जसले गर्दा समाजले तपाईंलाई सम्मान गर्नेछ। शिक्षा, स्वास्थ्य र पारिवारिक भेटले दिन रमाइलो हुनेछ।

सिंह : यात्रा सफल हुनेछ। सिंहको मालिक सूर्य शक्तिशाली छन्। जसले गर्दा तपाईं जुनसुकै काममा अब्बल बन्नुहुनेछ। आजकै दिन वर्ष दिनको लागि योजना बनाउन सक्नुहुन्छ। परिवारको मर्म नबुझ्दा वादविवाद भने हुनसक्छ।

कन्या : दिन राम्रो छ। ग्रह अनुकुल रहेका छन्। अप्ठेरो काम सहज बन्नेछ। देवालयको स्मरण गर्नाले स्वास्थ्य, शिक्षा र पारिवारिक सम्बन्धमा सफलता मिल्नेछ। आज पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

तुला : दिन रमाइलो हुनेछ। शिक्षामा सफलता प्राप्त नभए पनि अरु सबै क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। अध्ययनलाई निरन्तरता दिनु राम्रो हुन्छ। आफन्तको सहयोग प्राप्त हुनेछ।

वृश्चिक : बलले भन्दा बुद्धिले काम गर्नुपर्ने दिन छ। तमोगुणी ग्रह आज सकारात्मक छन्। पुराना योजना सुचारु हुनेछन्। विपक्षीले शंका गरेको कुरालाई मनमा राख्नुपर्ने देखिन्छ। दुर्गा माताको स्मरण गरेर कामको सुरुवात गरेमा धेरै काम बन्नेछन्।

धनु : दिन सामान्य छ। पञ्चम भावमा चार ग्रहको संयोग छ। जसलाई विद्या योग भनिन्छ। दीर्घकालीन योजना बनाउनु राम्रो हुन्छ। सल्लाह लिएर शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। परिवारको साथ र सहयोग रहनुपर्ने देखिन्छ। खानपानमा ख्याल नगरेमा रोगले दुःख दिनसक्छ।

मकर : जोखिमको सामना गर्नुपर्ने बाध्यता आइपर्न सक्छ। अरुको चियो र चर्चा गर्नु भन्दा आफूले आफूलाई नै मूल्यांकन गर्नु राम्रो हुनेछ। धेरै ग्रह नाकारात्मक रहेकाले आफू सकारात्मक हुनुपर्ने दिन छ। लगानीको क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारमा थोरै बोलेर आफ्नो जित हुनेछ।

कुम्भ : समय राम्रो छ। बिहान शिवको भजन मात्र भए पनि सुनिदिनुहोला। हरेक काम सहज बन्दै जानेछन्। शिक्षा र स्वास्थ्यमा लगानी भए राम्रो उपलब्धि प्राप्त हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको श्रमबाट फाइदा हुनेछ। परिवारमा विपरित सोच बनाएर अगाडि बढे खटपटी हुनसक्छ।

मीन : धनलक्ष्मी योग परेको छ। आम्दानी बढ्नेछ। सम्पत्ति बढाउन आमाको आर्शिवाद लिनु राम्रो हुनेछ। पुरानो लगानी भए शिक्षा र स्वास्थ्यमा ठुलो उपलब्धि हात लाग्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ५ : ०९ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को