आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला « Khabarhub

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदै छ। आमालाई मीठामीठा खानेकुरा खान दिएर श्रद्धा भक्तिका साथ यो पर्व मनाइन्छ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट आर्शिवाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

छोराछोरीले यो दिन बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नहुनेहरु आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको छ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरेर जीवन दिने भएकाले आमाको महत्त्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ। दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान गरिन्छ।

वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भएर आशीर्वाद दिने शास्त्रीय मान्यता छ। मातार्तीर्थ औंसीको अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ।

 

मातातीर्थमा कुण्ड
त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुषोत्तम श्रीराम वनवास कालमा लक्ष्मण र सीताका साथमा घुम्दै हालको मातातीर्थको स्थलमा पुगे। तर, भगवान राम भन्ने थाहा नपाएर अपरिचित व्यक्ति सम्झदै स्थानीयले उनीहरुमाथि आक्रमण गर्न सुरु गरे। त्यसपछि श्रीराम र स्थानीयका बीचमा घमसान युद्ध भयो। सो युद्धमा दुवै पक्ष थकित र भोक–प्यासले आकुलब्याकुल भए। माता सीता पनि प्यासले आकुल ब्याकुल भइन।

माता सिता पानीको प्याँसले आकुल ब्याकुल भए पछि भगवान रामले वरिपरि पानीको खोजी गरे कतै पनि पिउनका लागि पानी भेटिएन। पानी कतै पनि नभेटिएपछि भगवान् श्रीरामले गंगा मातालाई पुकार्न थाले।

‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले माता गंगालाई पुर्कादै जमिनमा वाण प्रहार गरे, छेउमै पानीको कुण्ड बन्यो। उक्त कुण्डमा पानी उघाउन जाँदा सीताजीले सारा ब्रह्माण्डको दर्शन पाइन। कुण्डको जलमा उनको छाया पर्नासाथ भित्रको ढुंगामा उनको मूर्ति समेत कुँदिन पुग्यो। यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गरेको पवित्र कुण्डलाई मातातीर्थ भन्न थालिएको धार्मिक मान्यता छ।

अर्को किवदन्ती

प्राचीन समयमा गाई चराउन आएका गोठालाले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी नजिकैको कुण्ड भएतिर जान थाल्यो। रोटीको पछि लागेर कुण्डमा गएर हेर्दा त्यो गोठालोले मृत्यु भइसकेकी आमाको दर्शन पाएछ। घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लाने र आमाबिना एक्लै नफर्कने जिद्दी गर्न थाले।

त्यसपछि कुण्डमा छायाको रुपमा आएकी आमाले छोरालाई प्रत्येक वैशाख औंसीको दिन तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै जिद्धी गर्दै गरेका छोरालाई घर फर्काइन्।

आजकै दिन मृतक आमा मातातीर्थमा आउने जनविश्वास रहँदै आएको छ। आजको दिन त्यहाँ ठुलो मेला नै लाग्ने गरेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ५ : ४८ बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर