६ सांसदसहित पार्टी फुटाउन खोजिएकोबारे झलनाथको जवाफ : अहिले दायाँबायाँ गर्ने सम्भावना छैन « Khabarhub

६ सांसदसहित पार्टी फुटाउन खोजिएकोबारे झलनाथको जवाफ : अहिले दायाँबायाँ गर्ने सम्भावना छैन


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू पार्टी फुटाउन लागेको भनेर सार्वजनिक भएका समाचारको खण्डन गरेका छन् ।

बुधबार विज्ञप्ति निकालेर खनालले ६ जना सांसदसहित आफूले पार्टी फुटाउन लागेको भनेर गरिएको चर्चाको खण्डन गरेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको अवस्थामा त्यसको असर एकीकृत समाजवादीमा पनि पर्ने आकलनबीच खनालको लिखित मन्तव्य आएको हो ।

‘…केही दिनदेखि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीव्र रूपमा फैलाइएको छ’, उनले भनेका छन्, ‘केही अवाञ्छित, स्वार्थी र कम्युनिष्टविरोधी तत्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टीमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।’

उनले पार्टी १०औँ राष्ट्रिय महाअधिवेशनको सम्मुखमा पुगिरहेको अवस्थामा कसैले पनि दायाँबायाँ नगर्ने बताएका छन् ।

‘…हाम्रो पार्टी देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ’, उनले अगाडि भनेका छन्, ‘त्यसैकारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित छन्। त्यसैले प्रतिक्रियावादीका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियार लिएर हाम्रो पार्टीविरूद्ध आइलाग्न कोशिस गर्दैछन् ।’

उनले वर्तमान सत्ता समीकरणमा समाजवादीको समर्थन र सहभागितालाई जारी राख्नपर्ने पनि बताएका छन् ।

‘पार्टी महाअधिवेशनको तयारीमा एकताबद्ध भएर जुटौं। क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तमा आधारित एकतालाई अझ खदिलो र विस्तृत बनाऔँ, पार्टी महाअधिवेशनलाई भव्यताका साथ सफल बनाऔँ’, उनले भनेका छन्, ‘हाम्रो पार्टीलाई एउटा नयाँ, क्रान्तिकारी र समाजवादी पार्टीका रुपमा विकास गरौँ । आमजनतालाई गोलबन्द गर्दै समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ।’

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ५८ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री