कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक सिफारिस | Khabarhub Khabarhub

कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक सिफारिस

एमाले-माओवादी नयाँ सरकार बनाउन सक्रिय


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

विराटनगर- आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष प्रदेश सरकारले सिफारिस गरेको छ ।

नयाँ सरकार गठनको तयारी भइरहेको बेला केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आगामी जेठ ११ गते कोशी प्रदेश सभाको बजेट अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश गरेको हो ।

बुधवार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले ०८१ जेठ ११ गते प्रदेश सभाको बजेट अधिवेशनका लागि सिफारिस गरेको हो ।

प्रदेश सरकारका मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङलाई अधिवेशन आव्हानका लागि पत्र हस्तान्तरण गरे ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता शमशेर राईले गत चैत २६ गते पनि अधिवेशनका लागि सिफारिस गरिएको बताए। उनले दोस्रो पटक बजेट अधिवेशनका लागि सिफारिस गरिएको बताए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  २ : १८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’