रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु « Khabarhub

रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

मुगु– रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको तली तुम गाउँदेखि वडा नं ३ लामाचौरसम्मको सडक विस्तारको काम थालिएको हो ।

जिल्ला सदरमुकाम गमगढीबाट रारा पुग्न पैदल दुई घण्टा र गाडीमा रारा विमानस्थल हुँदै जाँदा ३० मिनेट लाग्छ । गमगढी लामाचौर दूरी छोटो हुने भएकाले सडक विस्तारको काम सुरु गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर वीरबहादुर जिटीले बताए ।

उनले भने, ‘रारा तालको पर्यटन विकासमा टेवा पुर्‍याउन यो सडक विस्तार र स्तरोन्नतिको काम अघि बढाइएको हो ।’ विनम्र निर्माण सेवा सुर्खेतले रु ५५ लाख चार हजार सात सय ७५ मा सडक विस्तारको ठेक्का लिएको छ ।

२०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । पर्यटकीय मार्गको विस्तारको काम धमाधम भइरहेको छ । तीन किलोमिटर लम्बाइ रहेको उक्त पर्यटकीय सडकमा १.५ किलोमिटर दूरी चार मिटर चौडाइको ग्राभेल र चार सय ५० घनमिटर ग्याबिन जाली र २.५ किलोमिटर सडक चौडा पारिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

रारा पर्यटकीय मार्गको विस्तारको काम सम्पन्न भएमा गमगढीवासीका साथै कर्णाली करिडोर र कर्णाली राजमार्ग हुँदै मुगु जिल्ला सदरमुकाम गमगढी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राराताल पुग्न १० मिनेट मात्र लाग्ने छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  २ : ३० बजे

स्वास्थ्य मन्त्रालयले माग्यो एम्बुलेन्स र शववाहनको विवरण 

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको

मन्त्री घिसिङले गरे निर्माणाधीन बाल अस्पतालको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका

आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण योजना बनाउन समितिको कार्यविधि ३० दिन थपिने

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक

तस्बिरमा हेर्नुहोस्, कर्णाली र पोखराको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्स र पोखरा