सहकारी ठगी प्रकरणमा रविबारे छानबिन समितिको अडान कांग्रेसले नछाड्ने « Khabarhub

सहकारी ठगी प्रकरणमा रविबारे छानबिन समितिको अडान कांग्रेसले नछाड्ने


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको मागबाट आफूहरू दायाँबायाँ हुन नसक्ने बताएका छन् ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संसदीय पत्रकारहरूसँगको संवादका क्रममा सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछानेबारे कांग्रेसले उठाउँदै आएको छानबिन समितिको माग यथावत रहेको जानकारी दिए ।

उनले संसद्को आगामी बजेट अधिवेशनमा पनि त्यो माग आफूहरूले उठाइरहने जवाफ दिएका छन् ।

‘सहकारी ठगीको विषयमा पर्याप्त बोलिसकेका छौँ । मन्त्रीजीमाथि मात्रै छानबिन खोजेको होइन, हजारौँ बचतकर्ताको रकम हिनामिना भएको छ’ उनले भने ‘बचतकर्ताको पुँजी संरक्षण गर्नुपर्छ, दुरूपयोगकर्तालाई कारबाही गर्ने कुरामा छानबिन समिति बनाएर जान सकिन्छ ।’

रवि लामिछाने आममानिस मात्रै नभएको उनको तर्क छ । ‘रवि लामिछाने एकजना व्यक्ति मात्रै होइन, बहालवाला उपप्रधानमन्त्री हो’, उनले भने, ‘एउटा सबै सहकारीको ठगी र अर्को चाहिँ रविजीमामाथि पनि अलग्गै छानबिन गरौँ।’

लेखकले संसद प्रभावकारी हुन नसकेको पनि बताए । ‘यो हाम्रो लागि व्यवस्थामै जटिलता थपिन सक्ने अवस्था हो । सुधार गर्न कोरम नपुग्ने समस्यालाई हटाउनुपर्छ’, उनले भने ‘संसद्‍लाई काम दिएर जवाफदेही हुने जिम्मेवारी सरकारकै हो । निगरानी राख्ने, विधयेक ल्याउने, स्रोत साधन वितरण र समितिमार्फत् निगरानी गर्नुपर्ने दायित्व सरकारमाछ ।’

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ३ : ०७ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा