सहकारी ठगी प्रकरणमा रविबारे छानबिन समितिको अडान कांग्रेसले नछाड्ने « Khabarhub

सहकारी ठगी प्रकरणमा रविबारे छानबिन समितिको अडान कांग्रेसले नछाड्ने


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको मागबाट आफूहरू दायाँबायाँ हुन नसक्ने बताएका छन् ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संसदीय पत्रकारहरूसँगको संवादका क्रममा सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछानेबारे कांग्रेसले उठाउँदै आएको छानबिन समितिको माग यथावत रहेको जानकारी दिए ।

उनले संसद्को आगामी बजेट अधिवेशनमा पनि त्यो माग आफूहरूले उठाइरहने जवाफ दिएका छन् ।

‘सहकारी ठगीको विषयमा पर्याप्त बोलिसकेका छौँ । मन्त्रीजीमाथि मात्रै छानबिन खोजेको होइन, हजारौँ बचतकर्ताको रकम हिनामिना भएको छ’ उनले भने ‘बचतकर्ताको पुँजी संरक्षण गर्नुपर्छ, दुरूपयोगकर्तालाई कारबाही गर्ने कुरामा छानबिन समिति बनाएर जान सकिन्छ ।’

रवि लामिछाने आममानिस मात्रै नभएको उनको तर्क छ । ‘रवि लामिछाने एकजना व्यक्ति मात्रै होइन, बहालवाला उपप्रधानमन्त्री हो’, उनले भने, ‘एउटा सबै सहकारीको ठगी र अर्को चाहिँ रविजीमामाथि पनि अलग्गै छानबिन गरौँ।’

लेखकले संसद प्रभावकारी हुन नसकेको पनि बताए । ‘यो हाम्रो लागि व्यवस्थामै जटिलता थपिन सक्ने अवस्था हो । सुधार गर्न कोरम नपुग्ने समस्यालाई हटाउनुपर्छ’, उनले भने ‘संसद्‍लाई काम दिएर जवाफदेही हुने जिम्मेवारी सरकारकै हो । निगरानी राख्ने, विधयेक ल्याउने, स्रोत साधन वितरण र समितिमार्फत् निगरानी गर्नुपर्ने दायित्व सरकारमाछ ।’

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ३ : ०७ बजे

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष

विशेष महाधिवेशनमा विनोद चौधरी पनि उपस्थित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेता मानिएका

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको

कांग्रेस विशेष महाधिवेशनमा संस्थापन पक्षका को-को नेता पुगे ?

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेताहरू पनि

सिंहदरबारमा राजावादीको र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा