बढी कम्पनीको शेयर बढ्दा पनि घट्यो नेप्से, कारोबार साढे २ अर्ब मात्र | Khabarhub Khabarhub

बढी कम्पनीको शेयर बढ्दा पनि घट्यो नेप्से, कारोबार साढे २ अर्ब मात्र


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से) बुधबार झिनो अंकले घटेको छ । आज नेप्से ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा कायम भएको छ ।

आज २ अर्ब ५४ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर ४१ हजार १३७ पटक किनबेच भएको छ ।

आज ३०५ वटा कम्पनीको शेयर कारोबार हुँदा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बुधबार सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.०९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले बढेको छ ।
आज १३ उपसमूहमध्ये ४ वटा समूह बढेको छ भने ८ समूह घटेको छ । बढ्नेमा फाइन्यस, हाइड्रो, लघुवित्त र ट्रेडिङ बढेको छ ।

आज इन्फिनिटी लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने डोटि हाइड्रोपावर ९.७९ अंकले बढेको छ । समता घरेलु लघुवित्तको शेयर मूल्य ९.६७ प्रतिशतले बढेको छ । कुमारी सबल योजना (म्यूचअल फण्ड) भने १० प्रतिशतले घटेर नकारात्मक सर्किक लागेको छ ।

बुधबार फस्ट माइक्रोपाइनस लघुवित्तको शेयर बढी कारोबार भएको छ । फस्टको १० करोड ६० लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । आज बढी कित्ता शेयर प्राइम कमर्सियल बैंकको शेयर कारोबार भएको छ । प्राइमको ४ लाख १० हजार ९१५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ३ : २१ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र

विपिनको शवसँगै उनको घरमा इजरायली राजदूत : आज महाकाली नदीमा अन्त्येष्टि

महेन्द्रनगर – दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जानुभएका विपिन जोशी

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाडौं – तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ।

उज्यालो पर्वमा अँध्यारो दिनः विपिनको शव घरमा (फोटो फिचर)

शब्द र तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना कञ्चनपुर- कोठाको एउटा कुनामा