कुलमानको स्पष्टीकरण : ‘अंशबण्डा भइसकेका दाजुभाइसँग जोडेर बदनाम गर्न खोजियो’ | Khabarhub Khabarhub

कुलमानको स्पष्टीकरण : ‘अंशबण्डा भइसकेका दाजुभाइसँग जोडेर बदनाम गर्न खोजियो’


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अंशबण्डा भई छुट्टै बसिरहेका दाजुभाइसँग जोडेर आफ्नो चरित्रहत्या गर्न खोजिएको जनाएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले निहित स्वार्थका साथ सुनियोजित रूपमा यस्ता समाचार सम्प्रेषण भएको दाबी गरेका हुन् ।

प्राधिकरणमा यसअघि कार्यकारी निर्देशक हुँदा घिसिङले वि.सं. २०७४ मा आफ्ना दाजुभाइको लगानी रहेको कम्पनी टेमल्स इलेक्ट्रोनिक्सलाई विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेशनको ठेक्का दिएको भन्दै केही सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए ।

तर घिसिङले आफू र आफ्नो परिवारका सदस्यहरूको चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्‍याउने उद्देश्यले त्यस्ता समाचार आएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरूले छानबिन गर्ने नै छन्,’ घिसिङले विज्ञप्तिमा लेखेका छन्, ‘प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाईसमेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरहेको छु ।’

नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दूराशयसाथ आरोप लगाइएको भन्दै घिसिङले ती आरोपको खण्डन गरेका हुन् ।

घिसिङद्वारा जारी विज्ञप्ति :

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ५ : ५३ बजे

नेपाल लगानीका लागि उर्बर र भ्रमणको निम्ती सुन्दर भूमि : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस

पर्सामा पोषण पूरकमा पाँच गुणाभन्दा बढी असुल्ने पक्राउ

पर्सा – पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि)को पाँच गुणाभन्दा

प्रधानमन्त्री ओलीसँग इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीको छुट्टछुट्टै भेटवार्ता

स्पेन – संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका

असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

काठमाडौं – प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’

कांग्रेस नेता महरले भने: महाधिवेशनबारे भ्रम चिर्न तत्काल मिति घोषणा गर्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५