नेपालप्रति ओ‌लीको कटाक्ष : एमाले फुटाउनेहरूको हालत खराब हुँदै गएको छ « Khabarhub

नेपालप्रति ओ‌लीको कटाक्ष : एमाले फुटाउनेहरूको हालत खराब हुँदै गएको छ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउनेहरूको हालत खराब हुँदै गएको बताएका छन् ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालतिर लक्षित गर्दै उनले बुधबार एक कार्यक्रममा कडा टिप्पणी गरेका हुन् ।

एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थीहरूको हातमा सरकार बुझाउनेहरूको हालत अहिले खराब भएको भन्दै नेपाललाई कटाक्ष गरेका हुन् ।

एमाले कपिलवस्तु जिल्ला अधिवेशन बुधबार उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अब पार्टीभित्र कुनै गुट-उपगुट स्वीकार्न नसकिने पनि बताए ।

गुट बनाउनेहरुविरुद्ध नेतृत्व अब कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए त्यही सम्मेलनमार्फत दिएका छन् ।

‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए । अहिले उनीहरूको के हालत भएको छ ? केही स्वार्थी व्यक्तिहरू पार्टीमा हुँदा कति धेरै क्षति पुर्‍यायो भन्ने सबैलाई प्रष्ट छ’, ओलीले भने, ‘पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीमा फाटो ल्याउँछ । एमालेलाई गुटबन्दी स्वीकार्य छैन । यसबारे सबै नेता-कार्यकर्ता स्पष्ट हुनुपर्छ । अब गुटबन्दीविरुद्ध नेता-कार्यकर्ता एक भएर लागौँ । गुटबन्दी मुर्दावाद भन्न थालौँ ।’

ओलीले एमाले विभाजनका बेला पनि कपिलवस्तुले सबै षड्यन्त्रलाई चिरेर जवाफ दिएको बताए । अहिले पनि कपिलवस्तु पार्टी बलियो बनाउने काममा दृढ रहेको भन्दै सम्मान देखाए ।

‘हिजो एमालेभित्रका केही स्वार्थीलाई पचेन, डाहा भयो, उनीहरू कहाँबाट सञ्चालित भएका हुन् ? गलत मनसायले पार्टी फुटाए, कम्युनिष्ट पार्टीको सरकार ढालेर दक्षिणपन्थीलाई बुझाए’, ओ‌लीले भने, ‘अझै पनि महसुस गरेका छन् वा छैनन् ? कपिलवस्तुले ती सबै षडयन्त्रविरुद्ध एकजुट भएको थियो । पार्टी केन्द्रले कपिलवस्तुलाई उच्च सम्मान गरेको छ । अब पनि त्यो सम्झनुपर्यो‍ ।’

उनले आफूहरूको काँधमा लोकतन्त्र प्रवर्द्धन गर्ने, सुशासन ल्याउने तथा विकास र समृद्धिको जिम्मेवारी आएको बताए । त्यसका लागि अब एमालेको एकल सरकार बनाउन आवश्यक रहेको ओलीले जिकिर गरे ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : ३७ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.