एक सातादेखि बेपत्ता चितवनकी स्नेहा पशुपति परिसरमा भेटिइन् « Khabarhub

एक सातादेखि बेपत्ता चितवनकी स्नेहा पशुपति परिसरमा भेटिइन्


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलंकीबाट एक सातादेखि हराइरहेकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति मन्दि‍र परिसरमा भेटिएकी छन् ।

पारिवारिक स्रोतले स्नेहालाई पशुपति मन्दिर परिसर क्षेत्रमा फेला पारिएको जनाएको छ । तर उनी कस्तो अवस्थामा भेटिएकी हुन् भन्ने परिवारले अहिलेसम्म खुलाएको छैन ।

स्नेहा पशुपति क्षेत्रमा रहेको आधारमा बुधबार साँझ परिवार र प्रहरीको टोली आरती स्थानतिर खोजीमा लागेको थियो। उनलाई आरती हुने क्षेत्रमा फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी स्नेहा लामिछाने ७ दिनदेखि बेपत्ता थिइन् ।

काठमाडौंको कलंकीस्थित मामाघरमा बसेर कम्प्युटर इञ्जिनियरिङ प्रथम सेमेस्टरमा अध्ययनरत उनी वैशाख १९ गतेदेखि बेपत्ता भएकी थिइन् । उनको मोबाइल त्यही दिनदेखि बन्द थियो ।

स्नेहा हराएपछि उनका परिवारका सदस्य र आफन्तजनहरु खोजीमा लागिरहेका थिए ।

स्नेहाका काका दीपक लामिछानेका अनुसार वैशाख १९ गते उनी मामाघरमा हजुरआमा निदाएका बेला कलेज ब्याग बोकेर कलंकी खसी बजारतिर लागेकी थिइन् ।

मामाघरको सानो गल्लीबाट बिहान ११ बजेर ५७ मिनेटमा उनी कलंकी खसीबजारतिर जाँदै गरेको सीसीटीभी फुटेज भेटिएको थियो ।

कालो पाइन्ट र सर्ट लगाएकी उनी खसी बजारबाट चक्रपथको बस चढेको सीसीटीभीमा भेटिएको थियो ।

स्नेहा सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरकी विद्यार्थी हुन् । उनले एसईई सगरमाथा बोर्डिङ र १२ कक्षा न्यू क्यापिटल कलेजबाट उत्तीर्ण गरेकी थिइन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : १६ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्