चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही « Khabarhub

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा चुनौती देखिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।

पछिल्ला केही दिनदेखि विभागले प्लास्टिक उत्पादन गर्ने उद्योग, बिक्री वितरण गर्ने फर्ममा स्थलगत अनुमगन गर्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्रीवितरण नगर्न सचेत गराएको छ ।

सोही क्रममा विभागले शुक्रबार बालकुमारी प्लास्टिक उद्योग ललितपुरलाई ५० हजार जरिवाना गरेको छ । नियमित बजार अनुमगन गर्दै आएको विभागले सो उद्योगले उत्पादन वस्तुको कारखाना मूल्य नराखेको एवम् उद्योग दर्ताको प्रमाणपत्र आम सर्वसाधारणले देख्ने गरी नराखेकाले जरिवाना गरिएको जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ मा बजार अनुमगन तथा निरीक्षण गर्दा तत्काल प्राप्त प्रमाणका आधारमा निरीक्षण अधिकृतले ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम सो उद्योगलाई जरिवाना गरिएको विभागले प्रष्ट पारेको छ ।

यस्तै, एटिएल प्रोडक्सन हाउसलाई ५१ हजार जरिवाना गरिएको छ । सो उद्योगले पनि सर्वसाधारणले देख्ने गरी उद्योग दर्ताको प्रमाणपत्र नराखेको पाइएकाले नगद जरिवाना गरिएको विभागले जनाएको छ ।

पछिल्ला केही दिनदेखि विभागले वातावरण संरक्षण गर्ने ध्येयका साथ प्लास्टिकको उत्पादन तथा बिक्री वितरणमा देखिएको वेथिती नियन्त्रणमा लागि परेको छ । विभागले ४० माइक्रोन भन्दा कमका प्लास्टिक झोला बिक्री वितरण नगर्न उद्योग, वितरण तथा आयातकर्तालाई सचेत गराउँदै आएको छ ।

शुक्रबार त्यस्ता १२ वटा उद्योग वा फर्ममा निरीक्षण गरेको विभागले बिहीबार १९ वटामा अनुमगन गरेको थियो । प्लास्टिकको अनाधिकृत एवम् अत्याधिक प्रयोगका कारण वातावरण संरक्षणमा चुनौती देखिएकाले विभागले सक्रियता देखाएको हो ।

यस्तै, पुस २३ गते बुधबार चारवटा फर्मलाई एक लाख १० हजार रुपैयाँ जरिवाना गरेको थियो । त्यसदिन १४ वटा फर्ममा अनुमगन गरेको थियो । यही पुस २२ गते मंगलबार १७ वटा फर्ममा अनुमगन गर्दै दुई वटालाई ७० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । (रासस)

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ४० बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ