दोलखामा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु  « Khabarhub

दोलखामा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु 


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा चालु वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात जना पुरुष र चार जना महिला रहेका छन् ।

त्यस्तै २२ वटा सवारी दुर्घटनामा परेर ६७ जना घाइते भएका थिए।जसमा २९ जना गम्भीर घाइते,३८ जना सामान्य घाइते भएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ४३ लाख ५६ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु वर्षको ९ महिना बित्दा छ हजार तिन सय सवारी साधन कारबाही तथा जरिवाना मार्फत ४३ लाख ५६ हजार पाँच सय रुपैयाँ संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कार्यालयले ट्राफिक नियम उलंघन गर्ने आठ सय १३ वटा  ट्रक कारबाही मार्फत सात लाख ३१ हजार,नौ सय२५ वटा बस कारबाहीबाट सात लाख ७९ हजार, १८ सय १२ वटा कारजिप कारबाहीबाट १४ लाख १५ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय दोलखाका ट्राफिक इन्चार्ज ठाकुर भट्टराईले बताए ।

उनका अनुसार ३४ वटा ट्याक्टर कारबाही मार्फत ३१ हजार र १७ सय  १६ वटा मोटरसाइकल कारबाहीबाट १३ लाख ९८ हजार पाँच सय राजस्व संकलन भएको थियो।

– सुबास बस्नेत

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : २० बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्