महान्यायाधिवक्ताको राय नआउँदा कोशीमा नयाँ सरकारबारे अलमल « Khabarhub

महान्यायाधिवक्ताको राय नआउँदा कोशीमा नयाँ सरकारबारे अलमल


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महान्यायाधिवक्ताले कानुनी राय दिन ढिलाइ गर्दा कोशी प्रदेशमा नयाँ सरकार आह्वानका लागि अलमल देखिएको छ ।

प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गर्ने वा नगर्नेबारे महान्याधिवक्ता दीनमणि पोखरेलसँग बुधबार दिउँसो राय मागेका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)  ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै बुधबार नै निवेदन दिएका थिए ।

कोशीका मुख्यमन्त्री कार्कीविरुद्ध एमालेले प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गराइसकेको छ । संकल्प प्रस्तावमा विश्वासको मत लिन भनिए पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन आवश्यक नरहेको दाबी गर्दै आएका छन्।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समयावधि मंगलबार नै सकिएको छ ।

एमाले र माओवादीका नेताहरूले प्रदेश प्रमुख खापुङलाई बुधबार भेटेर निवेदन बुझाउँदै सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन् ।

नयाँ सरकार गठनको आह्वा गर्दा संविधानको कुन धारा र उपधारा उल्लेख गर्नेबारे महान्यायाधिवक्ताको कार्यालयको सुझाव मागिएको छ ।

महान्यायाधिवक्ता पोखरेल बुधबार अपरान्ह मात्रै भारतबाट आइपुगेकोले राय तयार हुने क्रममा रहेको बताइएको छ । महान्यायाधिवक्ताको राय आइनसकेकोले सरकार गठनमा ढिलाइ भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन् ।

त्यसक्रममा खापुङले संविधान, कानुन र विगतका अभ्यास हेरेर निर्णयमा पुग्ने बताएका थिए । खापुङले त्यसलगत्तै महान्यायाधिवक्ता पोखरेलसँग यसबारे राय मागेका थिए । तर बुधबार नै सरकार गठनका लागि आह्वान गर्न लागेका खापुङ महान्यायाधिवक्ताले राय नदिँदा अलमलमा परेका छन् ।

संविधानको धारा १६९ को उपधारा (१) मा मुख्यमन्त्रीको पद रिक्त हुने अवस्था उल्लेख गरिएको छ ।

जसमा मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिए, धारा १८८ बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसके वा निजविरुद्ध अविश्वासको प्रस्ताव पारित भए, निज प्रदेशसभाको सदस्य नरहे र निजको मृत्यु भए पद रिक्त हुने उल्लेख गरिएको छ ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिए मुख्यमन्त्रीको पद रिक्त हुने या नहुने संविधानमा उल्लेख छैन । यहीकारण कोशी प्रदेशमा नयाँ सरकार गठनको हलो अड्किएको हो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ८ : ०२ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका