युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी « Khabarhub

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ । यसमा दुई वर्षअघि आफ्ना रुसी सेनालाई पछाडि धकेलिएको खार्किभ क्षेत्र पनि समावेश छ ।

मस्कोले हालका महिनाहरूमा मोर्चामा अग्रता हािसल गरेको छ । किएभले पश्चिमी सहयोगको महत्त्वपस्र्ण आपूर्तिको प्रतीक्षा गरिरहेको बेला रुसले युद्धमैदानमा आफ्नो जनशक्ति र हतियारको फाइदाका कारण दबाब बढाएको छ ।

रुसी रक्षा मन्त्रालयले उसको सेनाले ‘खार्किभ क्षेत्रमा किस्लिभ्का गाउँ’ र ‘डोनेट्स्क पिपुल्स रिपब्लिकमा नोभोकालिनोभ’ लाई मुक्त गरेको जनाएको छ ।

किस्लिभ्का सङ्कटग्रस्त युक्रेनी गढ कुपियान्स्कबाट करिब २० किलोमिटर टाढा छ भने नोभोकालिनोभ अवडिभकाबाट करिब १० किलोमिटर उत्तरमा छ । यी गाउँलाई मस्कोले फेब्रुअरीमा कब्जा गरेको थियो ।

युक्रेनी सेनामा गोला–बारुदको गम्भीर अभावको फाइदा उठाएर रुसले उत्तरपूर्वमा नयाँ आक्रमणको तयारी गरिरहेको हुनसक्छ भन्नेमा युक्रेनका अधिकारीहरू चिन्तित छन् ।

युक्रेनका कमान्डर–इन–चिफ अलेक्जेन्डर सिरस्कीले अप्रिलमा किएभ तीन वटा गाउँबाट पछि हटेको र अगाडिको रक्षा गर्नका लागि किल्लाको नयाँ लाइन बनाइरहेको स्वीकार गरेका थिए ।

अलगरूपमा रुसी रक्षा मन्त्रालयले किएभले रातभर हवाई आक्रमण गरेपछि युक्रेनी ऊर्जा र सैन्य केन्द्रविरुद्ध जवाफी आक्रमण सुरु गरेको बताएको छ ।

“रुसी ऊर्जा सुविधाहरूमा क्षति पुर्याउन किएभ शासनको प्रयासको जवाफमा आज बिहान रुसी सङ्घको सशस्त्र सेनाले युक्रेनको सैन्य–औद्योगिक परिसरको ऊर्जा सुविधा तथा उद्यमहरूविरुद्ध सामूहिक आक्रमण सुरु गरेको छ”, मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ९ : ३२ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा