राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना « Khabarhub

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखा हाल देशभर आंशिक देखि साधारणतया बदली रही मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो पहाडी भुभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षा भएको थियो ।

 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १० : ०३ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्