सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने | Khabarhub Khabarhub

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो ।

नेपाल सेल्टर फोरमको दुई दिने छलफलको आज ललितपुरमा समापन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपद्बाट हुने आवासको क्षतिमा सरकारले पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिएका हुन् ।

“अबदेखि सबैखाले विपद्का घटनाबाट घरबास गुमाएका नागरिकले आवास पुनःनिर्माणका लागि अनुदान पाउनुहुनेछ । जिल्लाको वर्गीकरणअनुसार अनुदान दिने रकम तोकिएको छ” उनले भने ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि–२०८१ अनुसार जिल्लाको वर्गीकरणबमोजिम लाभग्राहीले चार, पाँच र छ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउनेछन् ।

कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने (विपन्न, सङ्कटासन्न र अपाङ्गता भएका) परिवारलाई अनुदान रकममा रु ५० हजार थप हुने व्यवस्था पनि छ ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्तृत क्षति आँकलन भएसँगै डोटी, बझाङ र जाजरकोट केन्द्रविन्दु बनाएर भएका भूकम्पबाट आवास गुमाउनेका लागि पुनःनिर्माण र पुनःस्थापनाको काम सुरु गरिने जानकारी दिएको थियो । पुनःनिर्माणमा करिब रु ७३ अर्ब लाग्ने प्राधिकरणको अनुमान छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १० : ३४ बजे

राजा जोगाउन किनेको अश्रुग्यास राजावादीमाथि नै हानियो

काठमाडौं– नेपाल प्रहरीले तत्कालीन राजा ज्ञानेन्द्र शाहको राजकाज जोगाउन खरिद

राजावादीले आगो लगाएको जडीबुटी कम्पनीमा पुग्यो सेना (तस्बिरहरू)

काठमाडौं– कोटेश्वरस्थित जडीबुटी उद्योगमा राजावादी आन्दोलनकारीले आगो लगाएपछि नेपाली सेना

तीनकुनेसहितका क्षेत्रमा भएका आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाहीको माग

काठमाडौं– समाजवादी मोर्चा नेपालले तीनकुनेसहित आसपासका क्षेत्रमा भएका आपराधिक क्रियाकलापमा

स्कारपिओ दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

तुलसीपुर– तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका

राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर

काठमाडौं- काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले