हाँडीगाउँमा शनिबार ‘कार फ्रि डे’ (फोटो फिचर) | Khabarhub Khabarhub

हाँडीगाउँमा शनिबार ‘कार फ्रि डे’ (फोटो फिचर)


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगपालिकाले एक वर्षदेखि प्रत्येक शनिबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्रि डे) मनाउँदै आएको छ। हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडकखण्डमा सवारी प्रवेश निषेध गरिएको छ।

यस क्षेत्रमा दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको थियो। यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई धोवीखोला करिडोर, गहनापोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।

हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ। यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिर भएको प्रमाण पाइन्छ। इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनको जग यो क्षेत्रमा मात्र छन्।

स्थानीय दुई बजेपछि सडक छेउमा नेवारी स्वादका परिकार बनाउन व्यस्त देखिन्छन्। बालबालिका निर्धक्क भएर सडकमा खेलिरहेको देख्न सकिन्छ। मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ७ : ४३ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको