हाँडीगाउँमा शनिबार ‘कार फ्रि डे’ (फोटो फिचर) « Khabarhub

हाँडीगाउँमा शनिबार ‘कार फ्रि डे’ (फोटो फिचर)


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगपालिकाले एक वर्षदेखि प्रत्येक शनिबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्रि डे) मनाउँदै आएको छ। हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडकखण्डमा सवारी प्रवेश निषेध गरिएको छ।

यस क्षेत्रमा दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको थियो। यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई धोवीखोला करिडोर, गहनापोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।

हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ। यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिर भएको प्रमाण पाइन्छ। इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनको जग यो क्षेत्रमा मात्र छन्।

स्थानीय दुई बजेपछि सडक छेउमा नेवारी स्वादका परिकार बनाउन व्यस्त देखिन्छन्। बालबालिका निर्धक्क भएर सडकमा खेलिरहेको देख्न सकिन्छ। मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ७ : ४३ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले