ताइवानविरुद्ध बदला लिने चीनको चेतावनी | Khabarhub Khabarhub

ताइवानविरुद्ध बदला लिने चीनको चेतावनी


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले ताइवानविरुद्ध बदला लिने चेतावनी दिएको छ । ताइवानका राष्ट्रपति लाई चिङ तेले चीनलाई ‘विश्व शान्ति एवम् स्थायित्वका लागि सबैभन्दा ठूलो रणनीतिक चुनौती’ को संज्ञा दिएपछि चीनले उक्त चेतावनी दिएको हो ।

राष्ट्रपति लाईले एक सम्बोधनका क्रममा चीनलाई विश्वका लागि सबैभन्दा ठूलो चुनौती भएको भन्दै आफ्नो रक्षा गर्न अन्य लोकतान्त्रिक मुलुकहरुसँग सहकार्य गर्न तयार रहनुपर्ने उल्लेख गरेका थिए ।

उनको सो सम्बोधनपछि प्रतिक्रिया दिँदै चीनले ताइवानविरुद्ध ‘अपरिभाषित बदला लिने’ चेतावनी दिएको थियो ।

यसअघि चीनले लाई चिङ तेलाई समस्या उत्पन्न गर्ने बदमासको संज्ञा दिएको थियो । लाईले चीनलाई गणतन्त्र चीनको अस्तित्वको यथार्थलाई स्वीकार गर्न पनि आग्रह गरे ।

राष्ट्रपति लाईको सम्बोधनमा उनले चीनलाई ताइवानले कुनै पनि हालतमा आफ्नो स्वतन्त्रता गुम्न नदिने सन्देश दिएको रुपमा विश्लेषण गरिएको छ ।

स्वायत्त लोकतान्त्रिक राजनीतिक प्रणाली रहेको ताइवानलाई जनगणतन्त्र चीनले आफ्नै मुलुकको एक प्रान्तको रुपमा व्याख्या गर्दै आएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ९ : २८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले