खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती | Khabarhub Khabarhub

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ ।

अर्थ मन्त्रालयद्वारा तोकिएको समयसीमाभित्र योजना छनोट गरी पठाउनुपर्नेमा मन्त्रालय र परिषद्बीचको द्वन्द्वका कारण ती कार्यक्रम प्रभावित भएका हुन् ।

प्रदेश र स्थानीय तहको खेल पूर्वाधार निर्माणसम्बन्धी सशर्त अनुदान प्रस्ताव गरी अर्थ मन्त्रालय पठाइएकामा बजेट वक्तव्यपछि प्राप्त सूचनामा त्यस शीर्षकमा अनुदान रकम शून्य रहेको भनी लेखीआएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले जानकारी दिए ।

मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि खेलकुद पूर्वाधार निर्माण गर्न स्थानीय तहलाई ६१ करोड र प्रदेशलाई ५० करोड बजेट माग गर्ने निर्णय गरेको थियो ।

प्रवक्ता रेग्मीले भने, ‘प्रदेशगतरुपमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएकाले अहिले नै क्रमिकरुपमा खेल पूर्वाधारमा लगानी नगर्ने हो भने पछि एकै पटक गर्न खोज्दा हतारो हुन्छ । गुणस्तर गुम्न सक्छ ।‘

नेपाल सरकारको प्रदेश–स्थानीय तह समन्वय परिषदको सुझाव साना योजना प्रदेश र स्थानीय तहले आफैँ छनोट गरुन् भनी खेलपूर्वाधार निर्माण गर्न विगतको जस्तै यस पटक पनि मन्त्रालयले बजेटका लागि योजनासहित प्रस्ताव गरेको थियो ।

‘एक पालिका, एक खेलकुद’को अवधारणाअनुसार विगत तीन आवदेखि उक्त कार्यक्रमका लागि बजेट विनियोजन हुँदैआएको थियो । थोरै बजेट आउने गरेकाले त्यो कार्यक्रम सबै पालिकामा पुग्न सकेको थिएन । उक्त बजेटबाट सात सय ५३ स्थानीय तहमध्ये विगतमा नसमेटिएका चार सय पालिकालाई सहयोग गर्ने मन्त्रालयको योजना थियो ।

मन्त्रालय र परिषद्बीचको द्वन्द्वले मन्त्रालयगत बजेट प्रविष्ट प्रणालीमा योजना समावेश गर्न ढिलाइ हुँदा त्यो कार्यक्रम प्रभावित भएको हो । मन्त्रालयले यस पटक स्थानीय तहलाई आफैँ योजना तोक्न दिने र त्यसका लागि कम्तीमा १२ लाख ५० हजारभन्दा बढी उपलब्ध गराउने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ९ : ५८ बजे

शेखरको आग्रह : कांग्रेस कमजोर भइसक्यो, छाडेर गएकाहरू घर फर्किनुस्

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण

उपेन्द्र यादवको दाबी- सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले हाम्रो पार्टी फुटाइदिए

जनकपुरधाम- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको

‘थिएटर क्वीन’ सरिता गिरी : ‘गुरुकुल नभत्किएको भए फिल्म खेल्दिनँ थिएँ’

काठमाडौं– रङ्गमञ्चमा सरिता गिरी ‘नेपाली थिएटर क्वीन’ उपमाले चिनिन्छिन्‌ ।

गृहमन्त्रीले सार्वजनिक गरे सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेको १०० दिनका

असार ३ गते सार्वजनिक बिदा

काठमाडौं– सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।