बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका « Khabarhub

बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोटको भेरी नगरपालिकाले परीक्षणका रूपमा हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ । यसअघि उक्त पालिकाले उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो ।

भेरी नगरपालिका– २ आरुखेतस्थित रामपुर हाइब्रिड १० जातको मकैको बीउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण सुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए ।

अघिल्लो वर्ष रामपुर हाइब्रिड १२ जातको मकैको बीउ भेरी नगरपालिका–३ स्यालामा एक हेक्टरमा लगाएर सफल भएको प्रमुख अधिकारीले जानकारी दिए ।

उन्नतजातको बीउ उत्पादनको काम सफल भई किसानहरुले आम्दानी लिन थालेपछि हाइब्रिड जातको बीउ उत्पादनमा लागेको उनको भनाइ छ ।

भेरी नगरपालिकाका किसानहरुलाई तालिम तथा बीउ उत्पादन हुने देशका विभिन्न ठाउँमा अध्ययन भम्रणमा जाने गरिएको उनले जानकारी दिए ।

उनले भेरी नगरपालिकाबाट उन्नतजातका विभिन्न तरकारी तथा अन्नबालीका बीउ उत्पादन भई बजारीकरणको काम समेत भइरहेको बताए। हाइब्रिड बीउ उत्पादन गर्न अन्य बीउ उत्पादनमाजस्तो सहज नभएको अधिकारीको भनाइ छ ।

भेरी नगरपालिकाले उन्नत जातको मकैको देउती, मनकामना–३ जातको– भेरी नगरपालिका ७ रुपाकोट र मिथ्याङ्गामा २० हेक्टरमामा लगाउदै आएको छ । त्यस्तै सावित्री जातको धान भेरी नगरपालिका– ३ होलुज्यूलामा १० हेक्टरमा लगाउदै आएको अधिकारीले बताए ।

भेरी नगरपालिका १० सानिचोरमा ३ हेक्टर र भेरी नगरपालिका १ कालेगाउँ र स्यालामा गरि २ हेक्टरमा जमिनमा गहुँ, प्याज, रायो, मुला, केराउ र सिमी लगाएतका तरकारी बालीको उन्नत बिउँ भेरी नगरपालिका २ बाहुनथानामा सात रोपनी र तिलिङ्गेमा छ रोपनीमा उत्पादन भईरहेको उनले जानकारी दिए ।

हाल रामपुर हाइब्रिड १० र १२ तथा सृजना टमाटरको बीउ कृषि विकास कार्यालय जाजरकोट र भेरी नगरपालिका जाजरकोटको समन्वयमा परीक्षण प्रदर्शनी भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ११ : ५२ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली