जसपा महाधिवेशन : २० हजार मान्छे उतार्ने, अशोक पक्षलाई नबोलाउने  « Khabarhub

जसपा महाधिवेशन : २० हजार मान्छे उतार्ने, अशोक पक्षलाई नबोलाउने 


२६ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाको प्रथम राष्ट्रिय महाधिवेशनमा २० हजार मान्छेको उपस्थित रहने आयोजकले जनाएको छ । 

जसपा नेपालले यही जेठ २८ गते जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा २० हजार मान्छे सहभागी हुने पार्टी प्रवक्ता मनिस सुमनको भनाइ छ । 

सुमनले खबरहबलाई भने, ‘महाधिवेशनमा देश विदेशबाट नेता कार्यकर्ता आउनुहुन्छ । अन्य पार्टीका नेताहरूलाई पनि निमन्त्रणा दिएका छौँ ।’ 

उनका अनुसार अहिलेसम्ममा केन्द्रका नेताहरू नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवले महाधिवेशनमा आउने निर्णय गरिसकेका छन् । 

एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछाने र जनमतका अध्यक्ष सिके राउतलाई निमन्त्रणा पठाइसकेको बताइएको छ । तर उनीहरूले कार्यक्रममा आउने या नआउने निर्णय नगरेको बताइन्छ । 

उनीहरूको भोलि मात्र निर्णय हुने बताइएको छ । यस्तै, फागुन २३ मा जसपा विभाजन गरेका अशोक राईको समूहलाई भने महाधिवेशनमा  नबोलाउने सुमनको भनाइ छ । 

उनले भने, ‘उनीहरूलाई बोलाएर के पाइन्छ । पार्टी हो र उनाीहरुको ?’ 

सुमनका अनुसार भारतका समाजवादी नेताहरूलाई समेत निमन्त्रणा दिएको छ । 

जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन जेठ ३० गते हुने  छ ।  पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यपालिका तयार गरिसकेको छ । 

कार्य तालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित, जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । 

बस्नेतले सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसै दिन ४ बजेसम्म सोउपर निर्णय गरिने जानकारी दिए । 

उनका अनुसार जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ । केन्द्रीय समितिको निर्वाचन सकिएपछि सबै पदको लागि मतगणना एकै पटक हुने सुमनको भनाइ छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  १ : ०७ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको