मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’ « Khabarhub

मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– बुलिङटार गाउँपालिका–४ स्थित देवचुली चुलीबोझा मगर सामुदायिक घरबास ‘होमस्टे’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । विसं २०७५ मा स्थापना भएको यस घरबासमा मगर संस्कृतिसँग रमाउन चाहने आन्तरिक पर्यटक आउने गर्दछन् ।

 यस घरबासलाई महाभारत पर्वत शृङ्खलाको अग्लो पहाड देवचुली डाँडा, चुली बोझा गाउँको नाम र मगर समुदायलाई जोडेर देवचुली चुलीबोझा मगर सामुदायिक घरबास पहिचान दिइएको छ । जिल्लामा घरबास खुल्नेक्रम बढेसँगै यहाँका मगर समुदायले आफ्नो संस्कृति र खानाका परिकार पर्यटकको रोजाइमा पार्न घरबास सञ्चालन गरेका हुन् । 

पूर्वपश्चिम राजमार्गको दलदले बजारबाट २२ किमी उत्तरमा रहेको बुलिङ्टार-४ मा पर्ने होमस्टेमा यहाँको रैथाने खाना, मगर कलासंस्कृति र मनोरम दृश्य अवलोकनका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको घरबासका सचिव हेमलाल बरालले बताए । 

स्थापना गरिएको केही वर्ष खासै चर्चामा आउन नसकेको भए पनि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएपछि सामुदायिकरुपमा घरबास सञ्चालन गर्दै आएका स्थानीय खुसी भएका छन् । 

चुली बोझामा अहिले १३ घरमा घरबास सञ्चालन हुँदै आएको  छ । दैनिक ५० देखि ६० जनासम्म पर्यटकलाई सेवा दिन सकिने गरी घरबास व्यवस्थापन गरिएको सचिव बरालले जानकारी दिए। 

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  १ : ४० बजे

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट