मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’ « Khabarhub

मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’


२६ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– बुलिङटार गाउँपालिका–४ स्थित देवचुली चुलीबोझा मगर सामुदायिक घरबास ‘होमस्टे’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । विसं २०७५ मा स्थापना भएको यस घरबासमा मगर संस्कृतिसँग रमाउन चाहने आन्तरिक पर्यटक आउने गर्दछन् ।

 यस घरबासलाई महाभारत पर्वत शृङ्खलाको अग्लो पहाड देवचुली डाँडा, चुली बोझा गाउँको नाम र मगर समुदायलाई जोडेर देवचुली चुलीबोझा मगर सामुदायिक घरबास पहिचान दिइएको छ । जिल्लामा घरबास खुल्नेक्रम बढेसँगै यहाँका मगर समुदायले आफ्नो संस्कृति र खानाका परिकार पर्यटकको रोजाइमा पार्न घरबास सञ्चालन गरेका हुन् । 

पूर्वपश्चिम राजमार्गको दलदले बजारबाट २२ किमी उत्तरमा रहेको बुलिङ्टार-४ मा पर्ने होमस्टेमा यहाँको रैथाने खाना, मगर कलासंस्कृति र मनोरम दृश्य अवलोकनका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको घरबासका सचिव हेमलाल बरालले बताए । 

स्थापना गरिएको केही वर्ष खासै चर्चामा आउन नसकेको भए पनि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएपछि सामुदायिकरुपमा घरबास सञ्चालन गर्दै आएका स्थानीय खुसी भएका छन् । 

चुली बोझामा अहिले १३ घरमा घरबास सञ्चालन हुँदै आएको  छ । दैनिक ५० देखि ६० जनासम्म पर्यटकलाई सेवा दिन सकिने गरी घरबास व्यवस्थापन गरिएको सचिव बरालले जानकारी दिए। 

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  १ : ४० बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न