काठमाडौंमा 'गुँला' बाजा प्रतियोगिता (तस्बिरहरु) | Khabarhub Khabarhub

काठमाडौंमा ‘गुँला’ बाजा प्रतियोगिता (तस्बिरहरु)



काठमाडौं- काठमाडौंमा बौद्ध धर्मावलम्बीको परम्परागत बाजाको खुल्ला ‘गुँला’ बाजा प्रतियोगिता भएको छ ।

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागको आयोजनामा स्वर्णिम योजना सांस्कृतिक महानगरपालिकाअन्तर्गत आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको हो । 

सो धा: बाजं धेँ धेँ बल्ला कासामा २२ वटा समुहहरूको सहभागिता रहेको थियो । सो प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोलले गरेकी थिइन् ।

नेवारी भाषामा ‘ला’को अर्थ महिना र ‘गुँ’को अर्थ पहाड र जङ्गल भन्ने हुन्छ । विक्रम संवत् अनुसार साउन शुक्लपक्ष प्रतिपदा देखि भाद्र शुक्लपक्ष प्रतिपदा सम्म एक महिनाको अवधि नै गुंला हो ।

 बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ । नेपाल संवत् तिथि अनुसार गुंला एउटा महत्वपूर्ण महिना हो ।

 

 

 

 

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ४ : ०३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले