अस्ट्रेलियाको उत्खनन् कम्पनीका डाटा लिक « Khabarhub

अस्ट्रेलियाको उत्खनन् कम्पनीका डाटा लिक


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अज्ञात ह्याकरहरुले अस्ट्रेलियाको एउटा ‘रेयर अर्थ मटेरियल’ उत्खनन् गर्ने कम्पनीको डाटा लिक गरिदिएका छन् ।

नर्दन मिनेरल्स कम्पनीमा चिनियाँ शेयरधनीहरुलाई आफ्नो स्वामित्व बेच्न निर्देशन दिइएपछि ह्याकरहरूले डेटा लिक गरिदिएका हुन् । 

उक्त कम्पनीले डिस्प्रोसियम नामक दुर्लभ पदार्थको उत्पादन गर्दै आएको थियो । यो पदार्थ विद्युतीय गाडीहरूमा चुम्बक बनाउन प्रयोग हुँदै आएको समाचार संस्था एएफपीले जनाएको छ ।

कम्पनीले अज्ञात ह्याकरहरूले साइबर सुरक्षा संयन्त्रभित्र प्रवेश गरी डार्क वेबमा कम्पनीका डेटा चुहाएको जनाएको छ । ह्याकरहरूले गत मार्चमा ह्याक गरेको भएपनि डाटा भने हालै मात्र डार्क वेबमा लिक गरेको कम्पनीले जनाएको छ ।

यसअघि अस्ट्रेलियाका अर्थमन्त्री जिम चाल्मर्सले कम्पनीका ५ चिनियाँ शेयरधनीहरुलाई १० प्रतिशत स्वामित्व बेच्न निर्देशन दिएका थिए । अर्थमन्त्रीले निर्देशन दिएको २४ घण्टालगत्तै ह्याकरहरुले कम्पनीको डेटा डार्क वेबमा सार्वजनिक गरिदिएको जनाइएको छ ।

यद्यपि उक्त ह्याक र चिनियाँ शेयरधनीहरुलाई स्वामित्व बेच्न दिइएको निर्देशनबीच कुनै सम्बन्ध रहे नरहेकोबारे केही स्पष्ट भएको छैन ।

त्यसअघि चिनियाँ लगानीकर्ता समूह युसियाओ समूहले कम्पनीमा आफ्नो स्वामित्व वृद्धि गर्ने योजना अघि सारेको थियो । यद्यपि अस्ट्रेलियाले युसियाओ र अन्य चार शेयरधनीलाई आफ्नो स्वामित्व बेच्न ६० दिनको समय दिएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ५ : ४९ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५