जसपा महाधिवेशनमा को को हुँदैछन् सहभागी ? | Khabarhub Khabarhub

जसपा महाधिवेशनमा को को हुँदैछन् सहभागी ?

अजरबैजानदेखि स्पेनसम्मका नेतालाई उपेन्द्रको निम्तो


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधाममा जेठ २८, २९ र ३० गतेसम्म चल्ने जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘प्रथम एकता महाधिवेशन’को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

महाधिवेशनमा देशभरबाट १३ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ । पार्टीको केन्द्र, प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरू म्हाधिवेशनमा सहभागी हुने जसपा नेपालले जनाएको छ ।

महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरू, भारत, मलेसिया, स्पेन, अजरबैजान, इन्डोनेसिया लगायत देशका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहने पत्रकार सम्मेलनमार्फत जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार भारत, मलेसिया, अजरबैजान, स्पेन र इण्डानेसियाबाट आउने अतिथि आजै काठमाडौँ आइपुग्ने छन्‌ । भारतबाट आउने अतिथिहरू भने विहारको दरभंगासम्म आउने र त्यहाँबाट सडक मार्ग हुँदै जनकपुर आउनेछन् ।

मलेसियाको डेमोक्रेटिक एक्सन पार्टीका युवा नेता नुर रहिम बिन निसार, भारतीय समाजवादी पार्टीका नेता एवम् सामाजिक चिन्तक डा. सुनिलम महाधिवेशनमा अतिथिको रूपमा आउन लागेको अध्यक्ष यादवले जानकारी दिए ।

त्यस्तै स्पेनिस सोसलिस्ट वर्कर पार्टीका अन्तर्राष्ट्रिय संयोजक रिकार्ड टोरेल, भारतका सोसलिस्ट पार्टीका प्रवक्ता मनिस सिंह, राष्ट्रिय जनता दलका प्रवक्ता आलोक मेहता, भारतीय कांग्रेसका नेता बीआर पाटिल र सोही पार्टीका प्रवक्ता उदित राज समेत अतिथिको रूपमा आउनेछन् ।

त्यस्तै अजरबैजानका सांसद स्माइलोभ शाहिन, प्रोग्रेसिभ एलाइन्स र सोसल डेमोक्रेटिक एलाइन्सका प्रतिनिधि पनि महाधिवेशनमा आउने बताइएको छ ।

महाधिवेशनको उद्‌घाटन सत्रमा २० हजार जनाको उपस्थिती रहने आयोजकले जनाएको छ ।

जसपा महाधिवेशन : २० हजार मान्छे उतार्ने, अशोक पक्षलाई नबोलाउने

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ६ : २० बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो