भारतको खाद्य प्रशोधन कारखानामा आगलागी, तीनको मृत्यु « Khabarhub

भारतको खाद्य प्रशोधन कारखानामा आगलागी, तीनको मृत्यु


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको छ ।

प्रहरीलाई घटनाको बारेमा पीसीआर कलबाट सूचना प्राप्त भए पछि प्रहरी कर्मचारीहरू  फूड्स लिमिटेडमा पुग्दा आगो लागिरहेको प्रहरीले जनाएको छ । घटना हुँदा  नौ जना कारखाना भित्र  रहेको जनाईएको छ । 

 उनीहरूको उद्धार पछि तत्कालै नरेलाको एसएचआरसी अस्पतालमा लगिएकोमा घाइते मध्ये तिन जनालाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग्यास बर्नरमा कच्चा मुग भर्ने क्रममा ग्यासको एउटा पाइपलाइनमा ग्यास चुहिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आगो फैलिदा कम्प्रेसर अत्यधिक तताएको परिणामस्वरूप विस्फोट भएको थियो ।

 मृत्यु हुनेहरूमा श्याम , राम सिंह र बीरपा रहेको पुष्टि भएको छ । घाइते मध्ये पुष्पेन्द्र आकाश , मोहितकुमार , रवि कुमार, मोनु र लालु  रहेका छन् ।

 घटनासँग उपयुक्त धारा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ६ : ३१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५