चन्द्रागिरिमा कार रेस प्रतियोगिता « Khabarhub

चन्द्रागिरिमा कार रेस प्रतियोगिता


२६ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर – राष्ट्रिय कार रेस प्रतियोगिता नेशनल अटोक्रोस च्याम्पियनसिपको उपाधि आशिष भारतीले जितेका छन् ।

नेपाल मोटर स्पोर्टस् एण्ड रोड सेफ्टी फेडेरेसनद्वारा चन्द्रागिरिस्थित मदन भण्डारी स्पोर्टस् कम्प्लेक्समा आज आयोजित प्रतियोगितामा विप्लप श्रेष्ठ दोस्रो भएका थिए ।

प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई भियतनाममा केही समयपछि हुने अन्तर्राष्ट्रिय मोटर रेस प्रतियोगितामा सहभागी गराइने जानकारी आयोजकहरूले दिएका छन् । प्रतियोगितामा तीनजना महिलासहित २७ जना सहभागी थिए ।

प्रतियोगिताकै नोभिस श्रेणीतर्फको रेसमा लाक्पा सोनाम शेर्पाले प्रथम स्थान हासिल गर्नुभयो भने राजकुमार कार्की दोस्रो भए। प्रतियोगिताअन्तर्गत ललितपुर चन्द्रागिरि सम्पदा मोटर र्यालीमा भने विप्लप श्रेष्ठ र राजन गिरीको जोडी प्रथम, प्रवेश पौडेल र प्रज्ज्वल पौडेलको जोडी दोस्रो र आशिष भारती र गौरवराज मानन्धरको जोडी तेस्रो भएको थियो ।

उक्त प्रतियोगितामा ललितपुर, काठमाडौँ र कीर्तिपुरका विभिन्न सम्पदा घुम्दै चन्द्रागिरि पुग्नुपर्ने थियो । यसमा प्रत्येक कारमा चालक र नेभिगेटर गरी दुई व्यक्ति सहभागी हुने गर्छन् ।

विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दैै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत खेलमात्र नभई कार रेसजस्तो पर्यटन प्रवर्द्धन गर्ने साहसिक खेलमा समेत नगरपालिकाले ध्यान दिन थालेको र आगामी दिनमा यस्ता प्रतियोगिता गर्न नगरपालिकाको तर्फबाट सहयोग रहने बताए ।

देशमा साहसिक कार रेस प्रतियोगिताको विकास गर्ने र नेपाललाई यस खेलका विश्वस्तरीय स्पर्धाका लागि आकर्षक गन्तव्यका रूपमा प्रचार गर्ने उद्देश्यले प्रतितियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दीपक आचार्यले दिए ।

कार रेसिङ खेलको अन्तर्राष्ट्रिय संस्था फिआका नेपाल प्रतिनिधि गोविन्द भट्टराईले पर्यापर्यटनलाई समेत टेवा दिने भएकाले आगामी दिनमा यो खेल लोकप्रिय हुने प्रचुर सम्भाना रहेको बताए ।

प्रतियोगिता संयोजक एवं संस्थाका सचिव अनिल बरालले चन्द्रगिरिमा प्रतियोगिता आयोजना हुँदा देखिएको जनसमर्थनले देशमा एउटा रेस ट्रयाकको आवश्यकता टड्कारो देखिएको बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  १० : १४ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले