क्यानडा फुटबलको प्रगति : अर्जेन्टिनासँग सेमिफाइनल भिडन्त | Khabarhub Khabarhub

क्यानडा फुटबलको प्रगति : अर्जेन्टिनासँग सेमिफाइनल भिडन्त


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

युवा टोली रहेको क्यानडा जीसेमार्सको प्रशिक्षणमा कोपा अमेरिका कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सुरुवाती हार तथा एकपछि अर्को खेलमा सुधार गर्दै क्यानडाको टोली अहिले अर्जेन्टिनासँगको सेमिफाइनल भिडन्तको तयारीमा रहेको छ।

मैत्री अन्तर्राष्ट्रिय खेलमा नेदरल्यान्ड्सँगको ४-० को पराजय तथा प्रतियोगिताको सुरुवाती खेलमा अर्जेन्टिनासँग ३-० को हारपछि क्यानडाले आफूलाई सुधार गरेको हो। पेरु र चिलीलाई पार गर्दै अघि बढेको क्यानडा पेनाल्टी सुट आउटमा भेनेजुएलालाई हराउँदै अर्जेन्टिनासँगको सेमिफाइनल भिडन्त तय गर्न सफल भएको हो। पहिलो खेलमा पराजयको सामना गरेको क्यानडा फरक शैलीमा छ। पहिलो खेलमा हेभिवेट अर्जेन्टिनाको विरुद्धमा अत्यन्त रक्षात्मक रहेको क्यानडा अहिले आक्रामक बनेको छ।

पहिलो खेलमा पराजयको सामना गरेको क्यानडा फरक शैलीमा छ। पहिलो खेलमा हेभिवेट अर्जेन्टिनाको विरुद्धमा अत्यन्त रक्षात्मक रहेको क्यानडा अहिले आक्रामक बनेको छ।

अहिलेको सेमिफाइनल यात्रा नै पनि क्यानडाको हकमा अभूतपूर्व सफलता हो। क्यानडाले अहिलेसम्म दुई पटक विश्वकपमा सहभागिता जनाएको छ। सन् १९८६ मा मेक्सिकोसँग क्यानडा पनि सहआयोजक थियो। त्यसपछि एकै पटक सन् २०२२ मा कतारमा भएको विश्वकपमा क्यानडा छनोट भएको हो। सो विश्वकपमा क्यानडा तीन वटै खेलमा पराजित भएर पहिलो चरणबाट बाहिरिएको थियो। तथापि त्यसले त्यहाँको फुटबल समर्थकको हौसलालाई मारेको थिएन। लामो समय विश्व फुटबलमा हराएको सो देशका लागि विश्वकपमा पहिलो पटक छनोट भएर खेल्नु नै महत्त्वपूर्ण थियो।

सन् १९८६ को विश्वकपमा कुनै गोल नगरेको क्यानडाले सन् २०२२ को विश्वकपमा दुई गोल समेत गरेको थियो। अल्फान्सो डेभिस विश्वकपमा गोल गर्ने पहिलो क्यानडेली खेलाडी भएका थिए।

१० वर्ष अघि क्यानडाको अवस्था खराब थियो। विश्वकपमा बारम्बार छनोट हुन नसकेपछि सो देशले केही नयाँ नीति लिएको थियो। क्यानडा सकर पाथ वेको नाममा नयाँ नीति लिइएको हो। त्यस अन्तर्गत केही काम भएका थिए। पहिलो एलाइट खेलाडीको पहिचान गर्ने काम भएको थियो। जो जहाँ रहे पनि सम्भावना भएका खेलाडीका लागि विशेष प्रशिक्षणको नीति क्यानडाले लिएको थियो। त्यहाँ फुटबलको व्यावसायिक विकासमा समेत ध्यान दिइएको थियो।

यसको पहिलो चरणको काम देशभर फुटबलमा चासो भएकाहरूका लागि स्वयंसेवक प्रशिक्षक चयन गरियो। यसैगरी फुटबलमा धेरै चासो हुने अभिभावका लागि खेल सामग्री व्यवस्थापनको जिम्मा गरिएको थियो। प्रशिक्षण शैलीलाई नयाँ स्वरूप दिइएको थियो। त्यहाँका फुटबल महासङ्घले आम मानिसलाई फुटबलमा सरिक गराउने नीति अन्तरगत सदस्यता व्यापक रूपमा वितरण गर्ने नीति लिएको थियो।

यसको असर एकदमै चाँडो देखिएको पनि होइन। सन् २०१७ मा पनि क्यानडा फिफा वरीयतामा १०० भित्र परेको थिएन। त्यस देशमा सोही समयमा आइस हक्की र पौडी लगायत खेल एकदमै लोकप्रिय थिए।

सन् १८६१ मा रग्बीसँगै फुटबलमा पनि सो देशमा प्रवेश गरेको थियो। लामो इतिहास भएको क्यानडामा फुटबलको प्रगति भने हुन सको थिएन। विभिन्न आरोह र अवरोह भएको थियो। सोही आरोह र अवरोहका बिच अहिले त्यहाँको लिग सिएफएललाई व्यवस्थित गराइएको छ।

मेजर सकर लिग पछि क्यानडाका खेलाडीको चासो संसारका ठुला व्यवसायीक क्लबमा उन्मुख छन्। अल्फान्सो डेभिस वायरन म्युनिखमा प्रवेश नै क्यानडेली फुटबलको एउटा फड्कोको उदाहरण हो।

क्यानडा फुटबलमा पुरुषको तुलनामा महिला फुटबलले धेरै लामो फड्को मारिसकेको छ। क्यानडाको महिला फुटबल टोलीले धेरै पटक क्षेत्रीय प्रतियोगिताको उपाधि जिती सकेको छ। विश्वकपको सेमिफाइनलमा प्रवेश गरी सकेको छ। साथै क्यानडाको टोली अहिलेको ओलम्पिक च्याम्पियन समेत हो। पुरुष फुटबल टोली ४८ औं वरीयतामा रहँदा महिला फुटबलको वरीयता आठौँ स्थानमा छ।

क्यानडा फुटबलमा महिला टिम ।

जारी प्रतियोगितामा क्यानडालाई एकदमै कमजोर आँकिएको थियो। पहिलो चरणमा क्यानडा रहेकै समूहमा रहेको चिली र पेरुको विगत एकदमै राम्रो छ। सन् २०११ देख २०१७ सम्म क्यानडाको फुटबल सङ्घर्ष गरीरहेको समयमा यी दुवै देश विश्व फुटबलमा छाएका थिए।

अहिले सेमिफाइनल भिडन्तको तयारी गरी रहेको क्यानडा र अर्जेन्टिनामा केही परक छन्।

सन् १९९४ को विश्वकपको दोस्रो चरणको खेलमा रोमानियासँग ३-२ ले हारे यता अर्जेन्टिनाको राष्ट्रिय टोलीले अमेरिकामा कुनै पनि प्रतियोगिताको नकआउट चरणमा हारको सामना गर्नु परेको छैन।

९ खेलको अपराजित यात्रा अघि बढाएको अर्जेन्टिनाले यस क्रममा ३ गोल मात्र खाएको छ। अहिले अर्जेन्टिनाको टोलीमा एउटा महत्त्वपूर्ण संयोग देखिएको छ। सो टोलीका चार प्रमुख खेलाडी चार फरक लिगमा छाएका छन्। लाउटारो मार्टिनेजले इन्टर मिलानका लागि खेल्दै २४ गोल गरेका छन्। लियोनेल मेसीले इन्टर मियामीका लागि ११ गोल गरे। बेनफिकाबाट पोर्चुगलको लिग खेली रहेका एन्जल डी मारियाले नौ गोल गरे। जुलियन अल्भारजेले म्यानचेस्टर सिटीका लागि ३८ खेल खेल्दै ११ गोल गरे।

क्यानडाका जोनाथन डेभिडले लिग वानको पाँच सत्रमा लिलेका लागि ३४ खेल खेल्दै १९ गोल गरे। एमएलएसका टानी तुवोलालले सात गोल गरे। अल्फान्सो डेभिसले वायरनमा दुई गोल गरे। रियल मालोर्काका साइक्लीन सारिनले तीन गोल गरे।

यो तथ्यांकले कोपा अमेरिका फुटबलको सेमिफाइनलमा अर्जेन्टिना पक्कै दाबेदार हो। तर हरेक दिन प्रगति गर्दै गएको क्यानडालाई कम आँक्न भने पक्कै मिल्दैन।

स्रोतः फक्स स्पोर्ट्स, बिबिसी, कोनेबाल लगायत

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ९ : ०८ बजे

दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि

पात्रोको दशैं, छाप्रोको दशा

बीसासय आयु दशौंली ढोग, जोर केरा सगुन दाहिने दुर्गा अक्षता

‘समन्वयमा कमजोरीका कारण विपदमा बढी क्षति’ 

काठमाडौं– वर्षाको पूर्वानुमानका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले समयमा

यी हुन् हिजबुल्लाका हराएका नेता सफेडाइन

काठमाडौं – हिजबुल्लाहको नेता हसन नसरल्लाहको मृत्यु भएपछि उनको उत्तराधिकारीको

बाढीपहिरो अपडेट : अहिलेसम्म २४४ जनाको मृत्यु, १९ बेपत्ता

काठमाडौं– यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगै