झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना, १० जना घाइते « Khabarhub

झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना, १० जना घाइते


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- काकडभिट्टाबाट बाग्लुङतर्फ गइरहेको एउटा यात्रु बस चितवनमा दुर्घटनाग्रस्त भएको छ ।

प्र१–०१–००१ ख ४३८० नम्बरको यात्रु बस चितवनको खैरहनीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडकको कल्भर्टमा बिहान ३ बजे उक्त बस ठोक्किएको हो ।

बस दुर्घटनापछि उद्धार गरेर ५ जनालाई स्थानीय चौधरी मेडिकलमा उपचार गरिएको छ । उनीहरू गन्तव्यतर्फ लागेका छन् ।

अन्य ५ जनाको बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले बस चालक झापाको अर्जुनधारा गाउँपालिका–११ निवासी ४० वर्षीय मधुसुदन नेपाललाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार दुर्घटनापछि बस क्षति ग्रस्त भएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ११ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।