फ्रान्सका वाम नेताको घोषणा- सरकार बन्नेबित्तिकै प्यालेस्टाइनलाई राज्यको मान्यता दिन्छौँ « Khabarhub

फ्रान्सका वाम नेताको घोषणा- सरकार बन्नेबित्तिकै प्यालेस्टाइनलाई राज्यको मान्यता दिन्छौँ


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्समा चुनावी परिणामसँगै राजनीतिक हलचल तीव्र भएको छ । वामपन्थीहरूले यो निर्वाचनमा पहिलो नम्बरमा पकड बनाउन सफल भएपछि हलचल बढेको हो

वाम दलहरूले सरकार बन्नेबित्तिकै प्यालेस्टाइन राज्यलाई मान्यता दिने घोषणा गरेका छन् ।

फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जिन ल्युक मेलेन्सोनले आफ्नो गठबन्ध प्यालेस्टाइन राज्यलाई मान्यता दिने तयारीमा रहेको बताएका हुन् ।

पछिल्लो समय युरोपका चार देश स्पेन, नर्वे, आयरल्यान्ड र स्लोभेनियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिइसकेका छन् ।

आइतबार भएको दोस्रो तथा अन्तिम चरणको चुनावमा न्यू पपुलर फ्रन्ट १८२ सिटसहित सबैभन्दा अगाडि छ । अब आगामी सरकारको उसको मूख्य भूमिका हुने निश्चित भएको छ ।

मेलेन्सोले अघिल्लो प्रधानमन्त्री पनि न्यू पपुलर फ्रन्टबाटै हुने पनि बताएका छन् ।

एक साताअघि भएको प्रथम चरणको चुनावमा धुर दक्षिणपन्थी पार्टी नेशनल र्‍याली बहुमततर्फ बढिरहेको थियो। तर यही आइतबार भएको दोस्रो चरणको चुनावमा उक्त दल तेस्रो स्थानमा खुम्चिएको छ ।

राष्ट्रपति म्याक्रोनको मध्यमार्गी गठबन्धन दोस्रो स्थानमा सीमित भएको छ ।

फ्रान्सको संसदीय चुनावको रुझान आएपछि राजधानी पेरिसका केही स्थानमा हिंसा भएको छ । अर्कातिर वामपन्थी समर्थकहरू ठूलो संख्यामा सडकमा उत्रिएर आइतबार रातिदेखि नै पेरिसको सडकमा विजय जुलुस निकालिहरेका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन