दोधारा–चाँदनीलगातका बस्ती डुबानमा, १६ सय बढी प्रभावित « Khabarhub

दोधारा–चाँदनीलगातका बस्ती डुबानमा, १६ सय बढी प्रभावित


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर–  लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरका केही बस्ती डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भूभागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा–चाँदनी नगरपालिका–१० का तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका हुन् ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ ।

अत्यधिक वर्षाले महेन्द्रनगर, लालझाडी पुनर्बास र बेलडाँडी  लगायत  क्षेत्रका धेरै स्थानमा घर तथा बस्ती डुबानमा परेका छन्

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले  जिल्लाभर बाढीबाट प्रभावित एक हजार ६ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । डुबानबाट प्रभावित भएकालाई नजिकैको विद्यालय र आफन्तकोमा सारिएको छ ।

वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी – पुनर्वास र धनगढीबीच आवतजावत बन्द भएको छ ।

यस्तै जिल्लाको दक्षिणी क्षेत्र चौधर नदी बेलडाँडी गाउँपालिका– ५ इमलियामा पस्दा बेलडाँडी गाउँपालिका–३ , ४, ५ र बेलौरी नगरपालिका– १० क्षेत्र डुबानको जोखिममा परेका छन् । चौधर नदीको पानी नहरको ड्याम माथिबाट बग्न थालेपछी उक्त क्षेत्रका बासिन्दा त्रसित बनेका छन्

जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाले हाल सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा शक्तिशाली मौसमी प्रणाली विकसित भएको र उत्तरतर्फ फैलिने क्रममा रहेको जनाएको छ ।
लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेको जनाइएको छ । 

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन भएको कञ्चनपुरको दोधार चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ५८ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको