दोधारा–चाँदनीलगातका बस्ती डुबानमा, १६ सय बढी प्रभावित « Khabarhub

दोधारा–चाँदनीलगातका बस्ती डुबानमा, १६ सय बढी प्रभावित


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर–  लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरका केही बस्ती डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भूभागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा–चाँदनी नगरपालिका–१० का तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका हुन् ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ ।

अत्यधिक वर्षाले महेन्द्रनगर, लालझाडी पुनर्बास र बेलडाँडी  लगायत  क्षेत्रका धेरै स्थानमा घर तथा बस्ती डुबानमा परेका छन्

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले  जिल्लाभर बाढीबाट प्रभावित एक हजार ६ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । डुबानबाट प्रभावित भएकालाई नजिकैको विद्यालय र आफन्तकोमा सारिएको छ ।

वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी – पुनर्वास र धनगढीबीच आवतजावत बन्द भएको छ ।

यस्तै जिल्लाको दक्षिणी क्षेत्र चौधर नदी बेलडाँडी गाउँपालिका– ५ इमलियामा पस्दा बेलडाँडी गाउँपालिका–३ , ४, ५ र बेलौरी नगरपालिका– १० क्षेत्र डुबानको जोखिममा परेका छन् । चौधर नदीको पानी नहरको ड्याम माथिबाट बग्न थालेपछी उक्त क्षेत्रका बासिन्दा त्रसित बनेका छन्

जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाले हाल सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा शक्तिशाली मौसमी प्रणाली विकसित भएको र उत्तरतर्फ फैलिने क्रममा रहेको जनाएको छ ।
लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेको जनाइएको छ । 

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन भएको कञ्चनपुरको दोधार चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ५८ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको