एजेन्सी- आइतबार राति फान्समा अपेक्षाभन्दा ठीक उल्टो चुनावी नतिजा आएको छ । त्यहाँ भएको संसदीय चुनावको दोस्रो चरणको नतिजाले धेरैलाई चकित बनाइदिएको छ ।
दक्षिणपन्थी नेशनल र्यालीको अग्रता रोक्न दोस्रो चरणको चुनावअघि वामपन्थी र मध्यमार्गी पार्टीबीच रणनीतिक गठबन्धन बनाउने कोशिशमा जिन ल्युक मेलेन्सोनले महत्वपूर्ण भूमिका खेले ।
त्यहीकारण वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्ट १८२ सिटसहित पहिलो स्थानमा पुगेको छ ।
अर्कातिर अनपेक्षित रुपमा पछि परेको वर्तमान राष्ट्रपति एम्यानुएल म्याक्रोनको मध्यमार्गी पार्टीले आफूलाई दोस्रो स्थानमा उभ्याएकोछ ।
पहिलो चरणमा सर्वाधिक सिट जितेको धुर दक्षिणपन्थी नेशनल र्याली तेस्रो स्थानमा खुम्चिएको छ ।
तर यी तीन दलमध्ये कसैले पनि बहुमत जुटाउन असफल भएका छन् । अब फ्रान्समा त्रिशंकु संसद् बन्ने पक्का भएको छ ।
वामपन्थी अखबर ‘लिबरेशन’ ले आइतबारको रातबारे लेखेको छ- ‘क्रेजी’
तर नेशनल र्याली पार्टी सत्तामा पुग्न असफल भएपछि कयौँ मानिसले राहत महसुस गरेका छन् ।
यो चुनावी परिणामसँगै पेरिसका कयौँ ठाउँमा हिंसात्मक झडप भएको छ । झडप रोक्न प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।
ताजा नतिजाअनुसार ५७७ सिटको नेशनल एसेम्बलीमा यस्तो देखिएको छ उपस्थिति-
न्यू पपुलर फ्रन्ट १८२
मध्यमार्गी गठबन्धन- १६८
नेशनल र्याली र सहयोगी-१४३
रिपब्लिकन र दक्षिणपन्थी-६०
अरू वाम पार्टी-१३
अन्य- ११
चुनावी परिणामसँगै फ्रान्समा राजनीतिक हलचल तीव्र भएको छ । वामपन्थीहरूले यो निर्वाचनमा पकड बनाउन सफल भएपछि हलचल बढेको हो
वाम दलहरूले सरकार बन्नेबित्तिकै प्यालेस्टाइन राज्यलाई मान्यता दिने घोषणा गरेका छन् ।
फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जिन ल्युक मेलेन्सोनले आफ्नो गठबन्ध प्यालेस्टाइन राज्यलाई मान्यता दिने तयारीमा रहेको बताएका हुन् ।
पछिल्लो समय युरोपका चार देश स्पेन, नर्वे, आयरल्यान्ड र स्लोभेनियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिइसकेका छन् ।
आइतबार भएको दोस्रो तथा अन्तिम चरणको चुनावमा न्यू पपुलर फ्रन्ट १८२ सिटसहित सबैभन्दा अगाडि छ । अब आगामी सरकारको उसको मूख्य भूमिका हुने निश्चित भएको छ ।
मेलेन्सोले अघिल्लो प्रधानमन्त्री पनि न्यू पपुलर फ्रन्टबाटै हुने पनि बताएका छन् ।
फ्रान्समा नतिता आएसँगै सेयर बजारमा उथलपुथल देखिएको छ । यूरोको मूल्यमा ०.२ प्रतिशतको गिरावट आएको छ । अब यो १.०८ डलर बराबर भएको छ ।
लगानीकर्ताहरू देशमा राजनीतिक गतिरोधलाई लिएर चिन्तित देखिएका छन् ।
विश्लेषकहरूले सबैभन्दा धेरै सिट जितेको वामपन्थी न्यू पपुलर फ्रन्ट गठबन्धनले राष्ट्रपति एम्यानुएल म्याक्रोनको सुधारवादी एजेन्डलाई अघि नबढाउने बताइरहेका छन् ।
प्रतिक्रिया