फ्रान्समा वामपन्थी गठबन्धनको जित, पेरिसमा कतै हिंसा, कतै उत्साह « Khabarhub

फ्रान्समा वामपन्थी गठबन्धनको जित, पेरिसमा कतै हिंसा, कतै उत्साह

त्रिशंकु संसद् बन्ने निश्चित


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आइतबार राति फान्समा अपेक्षाभन्दा ठीक उल्टो चुनावी नतिजा आएको छ । त्यहाँ भएको संसदीय चुनावको दोस्रो चरणको नतिजाले धेरैलाई चकित बनाइदिएको छ ।

दक्षिणपन्थी नेशनल र्‍यालीको अग्रता रोक्न दोस्रो चरणको चुनावअघि वामपन्थी र मध्यमार्गी पार्टीबीच रणनीतिक गठबन्धन बनाउने कोशिशमा जिन ल्युक मेलेन्सोनले महत्वपूर्ण भूमिका खेले ।

त्यहीकारण वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्ट १८२ सिटसहित पहिलो स्थानमा पुगेको छ ।

अर्कातिर अनपेक्षित रुपमा पछि परेको वर्तमान राष्ट्रपति एम्यानुएल म्याक्रोनको मध्यमार्गी पार्टीले आफूलाई दोस्रो स्थानमा उभ्याएकोछ ।

पहिलो चरणमा सर्वाधिक सिट जितेको धुर दक्षिणपन्थी नेशनल र्‍याली तेस्रो स्थानमा खुम्चिएको छ ।

तर यी तीन दलमध्ये कसैले पनि बहुमत जुटाउन असफल भएका छन् । अब फ्रान्समा त्रिशंकु संसद् बन्ने पक्का भएको छ ।

वामपन्थी अखबर ‘लिबरेशन’ ले आइतबारको रातबारे लेखेको छ- ‘क्रेजी’

तर नेशनल र्‍याली पार्टी सत्तामा पुग्न असफल भएपछि कयौँ मानिसले राहत महसुस गरेका छन् ।

यो चुनावी परिणामसँगै पेरिसका कयौँ ठाउँमा हिंसात्मक झडप भएको छ । झडप रोक्न प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।

ताजा नतिजाअनुसार ५७७ सिटको नेशनल एसेम्बलीमा यस्तो देखिएको छ उपस्थिति-

न्यू पपुलर फ्रन्ट १८२

मध्यमार्गी गठबन्धन- १६८

नेशनल र्‍याली र सहयोगी-१४३

रिपब्लिकन र दक्षिणपन्थी-६०

अरू वाम पार्टी-१३

अन्य- ११

चुनावी परिणामसँगै फ्रान्समा राजनीतिक हलचल तीव्र भएको छ । वामपन्थीहरूले यो निर्वाचनमा पकड बनाउन सफल भएपछि हलचल बढेको हो

वाम दलहरूले सरकार बन्नेबित्तिकै प्यालेस्टाइन राज्यलाई मान्यता दिने घोषणा गरेका छन् ।

फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जिन ल्युक मेलेन्सोनले आफ्नो गठबन्ध प्यालेस्टाइन राज्यलाई मान्यता दिने तयारीमा रहेको बताएका हुन् ।

पछिल्लो समय युरोपका चार देश स्पेन, नर्वे, आयरल्यान्ड र स्लोभेनियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिइसकेका छन् ।

आइतबार भएको दोस्रो तथा अन्तिम चरणको चुनावमा न्यू पपुलर फ्रन्ट १८२ सिटसहित सबैभन्दा अगाडि छ । अब आगामी सरकारको उसको मूख्य भूमिका हुने निश्चित भएको छ ।

मेलेन्सोले अघिल्लो प्रधानमन्त्री पनि न्यू पपुलर फ्रन्टबाटै हुने पनि बताएका छन् ।

फ्रान्समा नतिता आएसँगै सेयर बजारमा उथलपुथल देखिएको छ । यूरोको मूल्यमा ०.२ प्रतिशतको गिरावट आएको छ । अब यो १.०८ डलर बराबर भएको छ ।

लगानीकर्ताहरू देशमा राजनीतिक गतिरोधलाई लिएर चिन्तित देखिएका छन् ।

विश्लेषकहरूले सबैभन्दा धेरै सिट जितेको वामपन्थी न्यू पपुलर फ्रन्ट गठबन्धनले राष्ट्रपति एम्यानुएल म्याक्रोनको सुधारवादी एजेन्डलाई अघि नबढाउने बताइरहेका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ११ : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु