फ्रान्समा वामपन्थी गठबन्धनको जित, पेरिसमा कतै हिंसा, कतै उत्साह | Khabarhub Khabarhub

फ्रान्समा वामपन्थी गठबन्धनको जित, पेरिसमा कतै हिंसा, कतै उत्साह

त्रिशंकु संसद् बन्ने निश्चित


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आइतबार राति फान्समा अपेक्षाभन्दा ठीक उल्टो चुनावी नतिजा आएको छ । त्यहाँ भएको संसदीय चुनावको दोस्रो चरणको नतिजाले धेरैलाई चकित बनाइदिएको छ ।

दक्षिणपन्थी नेशनल र्‍यालीको अग्रता रोक्न दोस्रो चरणको चुनावअघि वामपन्थी र मध्यमार्गी पार्टीबीच रणनीतिक गठबन्धन बनाउने कोशिशमा जिन ल्युक मेलेन्सोनले महत्वपूर्ण भूमिका खेले ।

त्यहीकारण वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्ट १८२ सिटसहित पहिलो स्थानमा पुगेको छ ।

अर्कातिर अनपेक्षित रुपमा पछि परेको वर्तमान राष्ट्रपति एम्यानुएल म्याक्रोनको मध्यमार्गी पार्टीले आफूलाई दोस्रो स्थानमा उभ्याएकोछ ।

पहिलो चरणमा सर्वाधिक सिट जितेको धुर दक्षिणपन्थी नेशनल र्‍याली तेस्रो स्थानमा खुम्चिएको छ ।

तर यी तीन दलमध्ये कसैले पनि बहुमत जुटाउन असफल भएका छन् । अब फ्रान्समा त्रिशंकु संसद् बन्ने पक्का भएको छ ।

वामपन्थी अखबर ‘लिबरेशन’ ले आइतबारको रातबारे लेखेको छ- ‘क्रेजी’

तर नेशनल र्‍याली पार्टी सत्तामा पुग्न असफल भएपछि कयौँ मानिसले राहत महसुस गरेका छन् ।

यो चुनावी परिणामसँगै पेरिसका कयौँ ठाउँमा हिंसात्मक झडप भएको छ । झडप रोक्न प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।

ताजा नतिजाअनुसार ५७७ सिटको नेशनल एसेम्बलीमा यस्तो देखिएको छ उपस्थिति-

न्यू पपुलर फ्रन्ट १८२

मध्यमार्गी गठबन्धन- १६८

नेशनल र्‍याली र सहयोगी-१४३

रिपब्लिकन र दक्षिणपन्थी-६०

अरू वाम पार्टी-१३

अन्य- ११

चुनावी परिणामसँगै फ्रान्समा राजनीतिक हलचल तीव्र भएको छ । वामपन्थीहरूले यो निर्वाचनमा पकड बनाउन सफल भएपछि हलचल बढेको हो

वाम दलहरूले सरकार बन्नेबित्तिकै प्यालेस्टाइन राज्यलाई मान्यता दिने घोषणा गरेका छन् ।

फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जिन ल्युक मेलेन्सोनले आफ्नो गठबन्ध प्यालेस्टाइन राज्यलाई मान्यता दिने तयारीमा रहेको बताएका हुन् ।

पछिल्लो समय युरोपका चार देश स्पेन, नर्वे, आयरल्यान्ड र स्लोभेनियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिइसकेका छन् ।

आइतबार भएको दोस्रो तथा अन्तिम चरणको चुनावमा न्यू पपुलर फ्रन्ट १८२ सिटसहित सबैभन्दा अगाडि छ । अब आगामी सरकारको उसको मूख्य भूमिका हुने निश्चित भएको छ ।

मेलेन्सोले अघिल्लो प्रधानमन्त्री पनि न्यू पपुलर फ्रन्टबाटै हुने पनि बताएका छन् ।

फ्रान्समा नतिता आएसँगै सेयर बजारमा उथलपुथल देखिएको छ । यूरोको मूल्यमा ०.२ प्रतिशतको गिरावट आएको छ । अब यो १.०८ डलर बराबर भएको छ ।

लगानीकर्ताहरू देशमा राजनीतिक गतिरोधलाई लिएर चिन्तित देखिएका छन् ।

विश्लेषकहरूले सबैभन्दा धेरै सिट जितेको वामपन्थी न्यू पपुलर फ्रन्ट गठबन्धनले राष्ट्रपति एम्यानुएल म्याक्रोनको सुधारवादी एजेन्डलाई अघि नबढाउने बताइरहेका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ११ : ०१ बजे

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा