कर्णालीका पाँच जिल्लामा एक सातादेखि यातायात अवरुद्ध « Khabarhub

कर्णालीका पाँच जिल्लामा एक सातादेखि यातायात अवरुद्ध


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

मुगु– एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्षा र मौसममा आएको खराबीले सडक र हवाई दुवै सेवा अवरुद्ध भएका हुन् । यहाँका चार विमानस्थलमा उडान हुन सकेको छैन भने कर्णाली राजमार्ग र कर्णाली करिडोर बाढीपहिराले अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् ।

छायाँनाथ रारा नगरपालिका–११ का नौलासिंग नेपाली अत्यावश्यक कामले सुर्खेत जानुपर्ने भए पनि गाडी र विमानस्थल दुवै नचल्दा रोकिएको बताउँछन् । यही असार २२ गते शिक्षक सेवा आयोगको परीक्षा दिन जाने तयारीमा रहेका छायाँनाथ रारा नगरपालिका–१० तल्लेखका स्थानीय मोहन शाहीको परीक्षा छुट्यो । उनी जस्ता धेरैको परीक्षा छुटेको छ । 

परीक्षा मात्र होइन यातायातका साधन नचल्दा उपचार गर्न जाने बिरामी र प्रदेश तथा संघीय राजधानी जाने कर्मचारी जिल्लामै रोकिनुपरेको छ । दैनिक उपभोग्य र निर्माण सामग्री बोकेका गाडी बीच बाटोमै रोकिएको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बूढा बताए। 

उनले भने, ‘वर्षाले अवरुद्ध यातायात सेवा अझै नखुल्ने हो भने बजारमा दैनिक उपभोग्य वस्तु अभाव हुन सक्छ ।’

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिटिका अनुसार कर्णाली राजमार्गको कालीकोट खण्डमा खोला, एसमोड, झाम्ला खोला, दही खोला, हुल्म र दैलेखको पातरखोलालगायत १२ स्थानमा पहिरा, बाढी र लेदो आउँदा सडक अवरुद्ध छ । अवरुद्ध भएको स्थानमा सडक डिभिजन कार्यालय जुम्लाले अवरोध पन्छाउन स्काभेटर प्रयोग गरिरहेको जनाएको छ  ।

सडक मात्र अवरुद्ध नभइ मौसम सुधार हुननसक्दा हवाई सेवा पनि ठप्प भएको हो । मौसम सुधार नभएकै कारण मुगुको रारा, हुम्लाको सिमीकोट, जुम्लाको जुम्ला र डोल्पाको जुफाल विमानस्थलमा एक सातादेखि जहाजले उडान भर्न नसकेको नागरिक उड्डयन कार्यालय ताल्च मुगुका प्रमुख श्री कृष्ण रिजालले जानकारी दिए।

रिजालका अनुसार उडान बन्द भएपछि यात्रु विमानस्थलमै रोकिएका छन् । उपचारका लागि छिटो सहर पुग्नुपर्ने बिरामीहरू सबैभन्दा बढी मारमा परेको स्थानीय कुशलराज मल्लले बताए । लगातारको वर्षाले गाउँगाउँबाट पालिका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने ग्रामीण सडकसमेत अवरुद्ध छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १२ : ३२ बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक