कञ्चनपुरमा बाढीले विनाश : डुबानमा गाउँबस्ती, राजमार्ग पनि भत्कियो (तस्बिरहरू) « Khabarhub

कञ्चनपुरमा बाढीले विनाश : डुबानमा गाउँबस्ती, राजमार्ग पनि भत्कियो (तस्बिरहरू)


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12.8k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा बाढीले उपद्रो मच्चाएको छ । जिल्लाका कयौँ पालिकाका बस्तीहरू डुबानमा परेका छन् । बाढीका कारण पूर्व-पश्चिम राजमार्ग र अन्य सहायक मार्गमा क्षति पुगेर यातायात अवरुद्ध भएको छ ।

सोमबार बिहान कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा कल्भर्ट भत्किँदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कल्भर्ट भत्किएपछि बाटो खुलाउन वैकल्पिक उपाय लगाइँदैछ । कञ्चनपुरमा निरन्तरको वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेका छन्। भीमदत्त नगरपालिका, दोधरा–चाँदनी, पुनर्वास, कृष्णपुरसहितका क्षेत्र बढी प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ३ सय ३३ परिवारलाई सुरक्षित स्थानमा लगिएको छ।

भीमदत्त नगरपालिका–१८ सुकुम्वासी बस्तीका २ सय ५० परिवार, दोधरा–चाँदनी नगरपालिका–१० का ७२ परिवार, पुर्नवास नगरपालिका–५ र ७ का ११ परिवारलाई सारिएको छ ।

बेलडाँडी गाउँपालिका–५ इमलियामा चौधर नदी पस्दा बेलडाँडी गाउँपालिका वडा नम्बर ३, ४, ५ र बेलौरी नगरपालिका–१० डुबानको जोखिममा छन्।

महाकाली नदीले तटबन्ध तोडेपछि दोधारा–चाँदनी नगरपालिकाको सुन्दरनगर बस्ती डुबानमा परेको छ।

वर्षाले पुनर्वास-धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी-पुनर्वास-धनगढीमा आवतजावत ठप्प छ ।

बाढी घरभित्र पस्दा कृष्णपुर नगरपालिका–१ मोतिपुरका ७ महिने बालकको मृत्यु भएको छ। वर्षातको पानी घरभित्र पसेपछि उनी खाटबाट खसेका थिए।

आइतबार दिउँसो बेलडाँडी चौधर नदी तर्ने क्रममा बेपत्ता भएका डम्बर चौधरी बेपत्ता छन् ।

 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १२ : ४४ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी