कञ्चनपुरमा बाढीले विनाश : डुबानमा गाउँबस्ती, राजमार्ग पनि भत्कियो (तस्बिरहरू) « Khabarhub

कञ्चनपुरमा बाढीले विनाश : डुबानमा गाउँबस्ती, राजमार्ग पनि भत्कियो (तस्बिरहरू)


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12.8k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा बाढीले उपद्रो मच्चाएको छ । जिल्लाका कयौँ पालिकाका बस्तीहरू डुबानमा परेका छन् । बाढीका कारण पूर्व-पश्चिम राजमार्ग र अन्य सहायक मार्गमा क्षति पुगेर यातायात अवरुद्ध भएको छ ।

सोमबार बिहान कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा कल्भर्ट भत्किँदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कल्भर्ट भत्किएपछि बाटो खुलाउन वैकल्पिक उपाय लगाइँदैछ । कञ्चनपुरमा निरन्तरको वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेका छन्। भीमदत्त नगरपालिका, दोधरा–चाँदनी, पुनर्वास, कृष्णपुरसहितका क्षेत्र बढी प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ३ सय ३३ परिवारलाई सुरक्षित स्थानमा लगिएको छ।

भीमदत्त नगरपालिका–१८ सुकुम्वासी बस्तीका २ सय ५० परिवार, दोधरा–चाँदनी नगरपालिका–१० का ७२ परिवार, पुर्नवास नगरपालिका–५ र ७ का ११ परिवारलाई सारिएको छ ।

बेलडाँडी गाउँपालिका–५ इमलियामा चौधर नदी पस्दा बेलडाँडी गाउँपालिका वडा नम्बर ३, ४, ५ र बेलौरी नगरपालिका–१० डुबानको जोखिममा छन्।

महाकाली नदीले तटबन्ध तोडेपछि दोधारा–चाँदनी नगरपालिकाको सुन्दरनगर बस्ती डुबानमा परेको छ।

वर्षाले पुनर्वास-धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी-पुनर्वास-धनगढीमा आवतजावत ठप्प छ ।

बाढी घरभित्र पस्दा कृष्णपुर नगरपालिका–१ मोतिपुरका ७ महिने बालकको मृत्यु भएको छ। वर्षातको पानी घरभित्र पसेपछि उनी खाटबाट खसेका थिए।

आइतबार दिउँसो बेलडाँडी चौधर नदी तर्ने क्रममा बेपत्ता भएका डम्बर चौधरी बेपत्ता छन् ।

 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १२ : ४४ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान