ठाकुर गैरेको तर्क : प्रचण्डसँग एक सेकेन्ड पनि सरकारमा बसिरहने नैतिक आधार छैन « Khabarhub

ठाकुर गैरेको तर्क : प्रचण्डसँग एक सेकेन्ड पनि सरकारमा बसिरहने नैतिक आधार छैन


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले तत्काल नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मुलक प्राकृतिक प्रकोपको विपत्तिमा परेकाले मुलुकको समस्या समाधानका लागि नयाँ सरकार गठनको बाटो खोलिदिन भनेका हुन् ।

उनले लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि एक सेकेण्ड पनि सरकारका बस्ने नैतिक आधार नरहने धारणा राखे।

गैरेले वर्षा शुरु भएको छोटो समयमै ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको बताए ।

त्यस्तै अर्की सांसद विद्या भट्टराईले प्राकृतिक प्रकोपबाट मुलुक अस्तव्यस्त हुदा पनि सरकार कहाँ छ भन्ने प्रश्न उठेको बताइन् ।

उनले नागरिकको समस्या समाधानका लागिसमेत तत्काल नयाँ सरकार गठन हुनुपर्ने बताएकी छन् ।

त्यस्तै अरू सांसदहरूले बाढी पहिरोमा बेपत्ता भएकाको खोजी, घाइतेको निःशुल्क उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूले बाढी पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्दै सहज आवतजावतको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १२ : ५१ बजे

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,