संसद्‍मा एमालेको तर्क- नयाँ सरकार रोकेर प्रचण्डले मुलुकलाई अस्थिरतातिर लान खोजे « Khabarhub

संसद्‍मा एमालेको तर्क- नयाँ सरकार रोकेर प्रचण्डले मुलुकलाई अस्थिरतातिर लान खोजे


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिश भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बर्तौलाले वर्तमान सरकार अल्पमतमा परे पनि आयु लम्याउने काम भइरहेको बताए । उनले बालुवाटारबाट नयाँ सरकार बन्न रोकेर मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिशमा रहेको आरोप पनि लगाए।

आफुहरू वर्तमान सरकारलाई बलियो ढंगबाट अघि बढाउन चाहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्को दाउपेचमाा सहभागी भएकाले कुरा बिग्रिएको बताए ।

त्यहीकारण एमाले थप सशंकित भएको उनले बताएका छन् । सरकारमा  रहँदारहँदै एमालेलाई कमजोर बनाउने काम भएपछि बाहिरिएर कांग्रेससँग सहकार्यको निर्णयमा पुगेको उनले बताए ।

कांग्रेससँग भएको सहमति कार्यान्वयनमा एमाले दृढताका साथ अघि बढने उनले बताए । अहिले संवैधानिक व्यवस्थालाई बङ्गाउने खेल भएको भन्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन संवैधानिक अड्चन नरहेको दाबी गरे ।

उनले लामो समय नदिई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न प्रधानमन्त्रीलाई अनुरोध पनि गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १ : १८ बजे

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित