संसद्‍मा एमालेको तर्क- नयाँ सरकार रोकेर प्रचण्डले मुलुकलाई अस्थिरतातिर लान खोजे | Khabarhub Khabarhub

संसद्‍मा एमालेको तर्क- नयाँ सरकार रोकेर प्रचण्डले मुलुकलाई अस्थिरतातिर लान खोजे


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिश भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बर्तौलाले वर्तमान सरकार अल्पमतमा परे पनि आयु लम्याउने काम भइरहेको बताए । उनले बालुवाटारबाट नयाँ सरकार बन्न रोकेर मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिशमा रहेको आरोप पनि लगाए।

आफुहरू वर्तमान सरकारलाई बलियो ढंगबाट अघि बढाउन चाहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्को दाउपेचमाा सहभागी भएकाले कुरा बिग्रिएको बताए ।

त्यहीकारण एमाले थप सशंकित भएको उनले बताएका छन् । सरकारमा  रहँदारहँदै एमालेलाई कमजोर बनाउने काम भएपछि बाहिरिएर कांग्रेससँग सहकार्यको निर्णयमा पुगेको उनले बताए ।

कांग्रेससँग भएको सहमति कार्यान्वयनमा एमाले दृढताका साथ अघि बढने उनले बताए । अहिले संवैधानिक व्यवस्थालाई बङ्गाउने खेल भएको भन्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन संवैधानिक अड्चन नरहेको दाबी गरे ।

उनले लामो समय नदिई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न प्रधानमन्त्रीलाई अनुरोध पनि गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १ : १८ बजे

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै

टोलटोलमा पुगेर स्वास्थ्य सेवा

गण्डकी– कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त