मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भइरहेको छ : महेश बर्तौला « Khabarhub

मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भइरहेको छ : महेश बर्तौला


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बर्तौलाले वर्तमान सरकार अल्पमतमा परेपनि आफ्नो आयु लम्याउने काम भइरहेको र बालुवाटारबाट नयाँ सरकार बन्न रोकेर मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भइरहेको बताएका हुन् । 

आफूहरू वर्तमान सरकारलाई बलियो ढंगबाट अघि बढाउन चाहेपनि प्रधानमन्त्री प्रचण्डले अर्को दाउपेचमा सहभागी भएकाले एमाले थप सशंकीत भएको उनले बताए । उनले सरकारभित्र रहँदारहदै एमालेलाई कमजोर बनाउने कामका कारण एमाले सरकारबाट बाहिरिएको र काँग्रेससँगै सहकार्य भएको जिकिर गरे ।

उनले काँग्रेससँगै भएको सहमति कार्यान्वयनमा एमाले दृढताका साथ अघि बढ्ने बताए । अहिले संवैधानिक व्यवस्थालाई बङ्गाउने खेल भएको भन्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको दावी गरे ।

त्यस्तै उनले लामो समय नदिइ तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न प्रधानमन्त्रीलाई अनुरोध समेत गरे । 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ०७ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर