प्रभाषको 'कलकी २८९८ एडी'ले पूरा गर्‍यो ५०० करोडको आकंडा  | Khabarhub Khabarhub

प्रभाषको ‘कलकी २८९८ एडी’ले पूरा गर्‍यो ५०० करोडको आकंडा 


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दक्षिण भारतीय अभिनेता प्रभाषको मुख्य भूमिका रहेको फिल्म ‘कलकी २८९८ एडी’ले ५०० करोडको आकंडा पार गरेको छ । प्रदर्शनको बाह्रौं दिनमा पनि घरेलु बजारमा यसको व्यापारमा कमी आएको छैन । 

फिल्मले एघारौँ दिन आइतबार ४४.३५ करोड ग्रस कलेक्सन गरेको थियो । योसँगै यस फिल्मको ग्रस कलेक्सन ५१० करोड पुगेको हो । 

छोटो समयमा  ५०० करोडको व्यापार गर्ने यो चौथो भारतीय फिल्म बनेको छ । ‘बहुबली २’ले सात दिन, केजीएफ २ ले आठ, आरआरआरले आठ दिनमा यो आकंडा पार गरेका थिए । 

यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’को रेकर्ड छिट्टै तोड्ने अनुमान गरिएको छ । जवानले विश्वभरबाट १,१६० करोडको व्यापार गरेको थियो, जुन शाहरुखको सबैभन्दा बढी व्यापार गर्ने फिल्म हो । 

‘कलकी २८९८ एडी’ एघारौं दिनमै ९१० करोड ग्रस कलेक्सन गरेको छ । अबको केही दिनमै यो फिल्मले जवानको रेकर्ड तोड्ने अनुमान गरिएको छ । 

यस फिल्ममा प्रभाषसहित अमिताभ बच्चन, दीपिका पादुकोणको समेत मुख्य भूमिका रहेको छ । यस फिल्मका लेखक र निर्देशक नाग आश्विन हुन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ३४ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय