प्रभाषको ‘कलकी २८९८ एडी’ले पूरा गर्‍यो ५०० करोडको आकंडा  « Khabarhub

प्रभाषको ‘कलकी २८९८ एडी’ले पूरा गर्‍यो ५०० करोडको आकंडा 


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दक्षिण भारतीय अभिनेता प्रभाषको मुख्य भूमिका रहेको फिल्म ‘कलकी २८९८ एडी’ले ५०० करोडको आकंडा पार गरेको छ । प्रदर्शनको बाह्रौं दिनमा पनि घरेलु बजारमा यसको व्यापारमा कमी आएको छैन । 

फिल्मले एघारौँ दिन आइतबार ४४.३५ करोड ग्रस कलेक्सन गरेको थियो । योसँगै यस फिल्मको ग्रस कलेक्सन ५१० करोड पुगेको हो । 

छोटो समयमा  ५०० करोडको व्यापार गर्ने यो चौथो भारतीय फिल्म बनेको छ । ‘बहुबली २’ले सात दिन, केजीएफ २ ले आठ, आरआरआरले आठ दिनमा यो आकंडा पार गरेका थिए । 

यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’को रेकर्ड छिट्टै तोड्ने अनुमान गरिएको छ । जवानले विश्वभरबाट १,१६० करोडको व्यापार गरेको थियो, जुन शाहरुखको सबैभन्दा बढी व्यापार गर्ने फिल्म हो । 

‘कलकी २८९८ एडी’ एघारौं दिनमै ९१० करोड ग्रस कलेक्सन गरेको छ । अबको केही दिनमै यो फिल्मले जवानको रेकर्ड तोड्ने अनुमान गरिएको छ । 

यस फिल्ममा प्रभाषसहित अमिताभ बच्चन, दीपिका पादुकोणको समेत मुख्य भूमिका रहेको छ । यस फिल्मका लेखक र निर्देशक नाग आश्विन हुन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ३४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा