कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध | Khabarhub Khabarhub

कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

मान्म– वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा गएको  पहिरो अझै पन्छाउन सकिएको छैन ।

यसैगरी कर्णाली राजमार्गको एसमोड, हुल्मबजार, सेरिघाट, खाँडाचक्र नगरपालिका–४ मा पर्ने छेका, वडा नं ६ मा पर्ने मोल्फाबजार र तिलागुफा नगरपालिका–६ मा पर्ने टिमुरे भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए। 

पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए।

‘केही ठाउँमा घर भत्किएको खबर आएको छ’, उनले भने–’बाढी पहिरोको जोखिम रहेका बस्ती सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।’

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ५६ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी