माओवादीलाई पनि साथमा लिएर संविधान संशोधन गर्छौँ : योगेश भट्टराई « Khabarhub

माओवादीलाई पनि साथमा लिएर संविधान संशोधन गर्छौँ : योगेश भट्टराई


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रलाई समेत साथमा लिएर आवश्यकताअनुसार संविधान संशोधन गरिने बताएका छन् ।

सोमबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीेसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

उनले कांग्रेस–एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी लगायत दललाई साथमा लिएर अघि बढ्ने बताए ।

आफूहरू संविधान संशोधन दुईतिहाइ नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर पनि उनले गरे ।

संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस–एमाले एकै ठाउँमा आएको तर्क उनले गरे ।

अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने जिकिर उनको छ ।

भट्टराईले सरकार गुमेका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रोशित रहेकाले कांग्रेस र एमालेले सम्झाइरहेको पनि बताएका छन्।

भट्टराईले प्रचण्डलाई माओवादीको संख्याका आधारमा नभई व्यक्तित्वका आधारमा प्रधानमन्त्री स्वीकारेको बताए ।

राष्ट्रिय हितका विषयमा प्रचण्डले साथ दिने दाबी पनि उनले गरे । कांग्रेस–एमालेको बाटोमा सबै दलहरू हिँड्न सके शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संविधानलाई गतिशील बनाउने र मुलुकलाई सही दिशा दिने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : १९ बजे

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक