जापान र फिलिपिन्सबीच रक्षा सम्झौतामा हस्ताक्षर « Khabarhub

जापान र फिलिपिन्सबीच रक्षा सम्झौतामा हस्ताक्षर


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापान र फिलिपिन्सले सोमबार क्षेत्रीय पानीमा चीनको बढ्दो दाबीका बीचमा घनिष्ठ सुरक्षा सहयोगका लागि संयुक्त अभ्यासलाई सहज बनाउन द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जापानी विदेश मन्त्री कामिकावा योको र फिलिपिन्सका रक्षा सचिव गिल्बर्ट टिओडोरो जुनियरले राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियरको उपस्थितिमा मलाकान दरबारमा एक समारोहमा पारस्परिक पहुँच सम्झौता (आरएए) मा हस्ताक्षर गरेका हुन ।

नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गर्नुअघि राष्ट्रपति मार्कोसले कामिकावा र जापानी रक्षामन्त्री मिनोरु किहारासँग भेटवार्ता गरेका थिए । 

मार्कोसले उक्त सम्झौतालाई महत्त्वपूर्ण सम्झौता भन्दै कामिकावाले आरएएको हस्ताक्षर दुई देशका लागि द्विपक्षीय सम्बन्धलाई समृद्ध बनाउने ठूलो उपलब्धि भएको बताए।  

फिलिपिन्स र जापानका सम्बन्धित विधायीकी निकायहरूद्वारा अनुमोदन भएपछि लागु हुने यो सम्झौताले जापान सेल्फ डिफेन्स फोर्स र फिलिपिन्स सेनाबिच एक अर्काको देशमा संयुक्त अभ्यास र विपद् राहत कार्यका लागि कर्मचारी स्थानान्तरणमा प्रतिबन्धहरू कम गर्ने अपेक्षा गरिएको छ ।

गत नोभेम्बरमा जापानी प्रधानमन्त्री फुमियो किशिदा र मार्कोसले वार्ता सुरु गर्न सहमति गरेपछि यो सन्धि भएको हो ।

फिलिपिन्स समाचार एजेन्सीका अनुसार, फिलिपिन्सले संयुक्त राज्य अमेरिका र अस्ट्रेलियासँग यस्तै रक्षा सम्झौता गरेको छ भने फ्रान्ससँग अर्को रक्षा सम्झौता भइरहेको छ ।

त्यसैगरी, जापानले अस्ट्रेलिया र बेलायतसँग यस्तो सम्झौता गरेको छ भने अमेरिकासँग  ‘स्टेट्स अफ फोर्सेज एग्रिमेन्ट’ गरेको छ ।   

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : २० बजे

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई