‘अफलाइन राइडिङ’ गर्दा युवतीले गुमाइन् ज्यान « Khabarhub

‘अफलाइन राइडिङ’ गर्दा युवतीले गुमाइन् ज्यान

घटनालगत्तै भागेका तीनैजना मोटरसाइकलसहित समातिए


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अवैधानिक घोषित गरेको ‘अफलाइन राइडिङ’का क्रममा एकजना युवतीले ज्यान गुमाएको खुलेको छ।

राइड सेयरिङ एपहरूलाई छलेर ‘अफलाइन राइडिङ’का क्रममा दुर्घटना हु्ँदा असार १५ गते राति साढे ९ बजेतिर गोर्खाको सिरानचोक–२ की अनु गुरुङको ज्यान गएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गुरुङ दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई घटनास्थलमै छाडेर भागेका तीनजना मोटरसाइकल चालक पनि पक्राउ परेका छन् ।

यही असार १५ गते काठमाडौं महानगरपालिका–१ जमल, कान्तिपथस्थित होटल यल्लो प्यागोडाअगाडि सवारी दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेपछि उक्त कुराको खुलासा भएको हो । सोमबार सार्वजनिक गरिएकाहरूले ‘अफलाइन राइडिङ’का क्रममा घटना हुन पुगेको स्वीकारेका छन् ।

उक्त दुर्घटनापछि फरार भएर पक्राउ पर्नेमा जुम्ला घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले असार १५ गते राति साढे ९ बजेतिर गोर्खा सिरानचोक–२ की अनु गुरुङसहित तीन साथी गोंगबुबाट ललितपुरको हात्तीवन जाने क्रममा दुर्घटना भएको हो ।

अनुसहितलाई तेज रावल र उनका साथीले अफलाइन राइड गरी लगिरहेका थिए । त्यही क्रममा जमलस्थित एल्लो प्यागोडा होटलअगाडि पुगेपछि तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको मोटरसाइकलबाट खसेर अनु सडकमा बजारिएकी थिइन् ।

सडकमा खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको अनुसन्धानबाट खुलेको अधिकारीले बताए ।

पदमले चलाएको मोटरसाइकलको ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । तर उपचारका क्रममा उनले असार १८ गते ज्यान गुमाइन् ।

अनुलाई ट्रमा सेन्टर लगेर उपचार चल्दै गर्दा दुर्घटनामा संलग्न मोटरसाइकल चालकहरू भने घटनास्थलबाट भागेका थिए। तर उनीहरूलाई गोंगबु क्षेत्रबाट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

उनीहरूलाई प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ‘अपरेशन अफलाइन हन्टर’, मार्फत पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान थालेको अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ५ : १५ बजे

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर