‘अफलाइन राइडिङ’ गर्दा युवतीले गुमाइन् ज्यान « Khabarhub

‘अफलाइन राइडिङ’ गर्दा युवतीले गुमाइन् ज्यान

घटनालगत्तै भागेका तीनैजना मोटरसाइकलसहित समातिए


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अवैधानिक घोषित गरेको ‘अफलाइन राइडिङ’का क्रममा एकजना युवतीले ज्यान गुमाएको खुलेको छ।

राइड सेयरिङ एपहरूलाई छलेर ‘अफलाइन राइडिङ’का क्रममा दुर्घटना हु्ँदा असार १५ गते राति साढे ९ बजेतिर गोर्खाको सिरानचोक–२ की अनु गुरुङको ज्यान गएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गुरुङ दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई घटनास्थलमै छाडेर भागेका तीनजना मोटरसाइकल चालक पनि पक्राउ परेका छन् ।

यही असार १५ गते काठमाडौं महानगरपालिका–१ जमल, कान्तिपथस्थित होटल यल्लो प्यागोडाअगाडि सवारी दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेपछि उक्त कुराको खुलासा भएको हो । सोमबार सार्वजनिक गरिएकाहरूले ‘अफलाइन राइडिङ’का क्रममा घटना हुन पुगेको स्वीकारेका छन् ।

उक्त दुर्घटनापछि फरार भएर पक्राउ पर्नेमा जुम्ला घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले असार १५ गते राति साढे ९ बजेतिर गोर्खा सिरानचोक–२ की अनु गुरुङसहित तीन साथी गोंगबुबाट ललितपुरको हात्तीवन जाने क्रममा दुर्घटना भएको हो ।

अनुसहितलाई तेज रावल र उनका साथीले अफलाइन राइड गरी लगिरहेका थिए । त्यही क्रममा जमलस्थित एल्लो प्यागोडा होटलअगाडि पुगेपछि तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको मोटरसाइकलबाट खसेर अनु सडकमा बजारिएकी थिइन् ।

सडकमा खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको अनुसन्धानबाट खुलेको अधिकारीले बताए ।

पदमले चलाएको मोटरसाइकलको ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । तर उपचारका क्रममा उनले असार १८ गते ज्यान गुमाइन् ।

अनुलाई ट्रमा सेन्टर लगेर उपचार चल्दै गर्दा दुर्घटनामा संलग्न मोटरसाइकल चालकहरू भने घटनास्थलबाट भागेका थिए। तर उनीहरूलाई गोंगबु क्षेत्रबाट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

उनीहरूलाई प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ‘अपरेशन अफलाइन हन्टर’, मार्फत पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान थालेको अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ५ : १५ बजे

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी

सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि

विशेष महाधिवेशनले गरेको निर्णयलाई मान्नुपर्छ : गोपालमान श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विशेष महाधिवेशनले गरेको निर्णयलाई